site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिकसँगै सेयर बजारले सकारात्मक परिणाम देखाएको छ । बिहीबारको कारोबारमा नेप्सेका सबै परिसूचकले वृद्धिको दर देखाएर नीतिको स्वागत गरेको हो ।
 
बिहीबार दिनभरीको कारोबारमा नेप्से परिसूचकमा १.६४ प्रतिशत अर्थात २७.७२ अंकको वृद्धि भएर १७१८.२५ अंक कायम भएको छ । बुधबार नेप्से १६९३ कायम थियो । यसैगरि प्राथमिकता प्राप्त सेयरहरुको समूह परिसूचकमा पनि १.४७ प्रतिशतले बढेर ३६९.०७ कायम भएको छ ।
 
समूहगत सूचकांकतर्फ बैंकिंङ १५७३.७१, होटल २०३०.७१, विकास बैंक १७७२.७५, हाइड्रो पावर २६९०.१८, वित्त ८३७.८२, विमा ८७२२.४०, उत्पादन २५८१.५२ र अन्य ८४८.२६ कायम रह्यो । यी सबै समूहमध्ये बैंकिंङ १.६८, होटल ०.५२, विकास बैंक १.६६, हाइड्रो पावर २.४३, वित्त ०.९७, विमा ०.४३, उत्पादन १.२ र अन्य ३.९३ प्रतिशतले बढेका थिए ।
 
बुधबार १४५ कम्पनीका २५ लाख ४० हजार ६५८ कित्ता सेयर ६ हजार ११९ पटक खरिद विक्री हुँदा कुल कारोबार १ अर्ब ४६ करोड ७८ लाख ५३ हजार रुपैयाँ बराबरको भएको थियो ।
 
कमाउने कम्पनीहरुमा सिद्धार्थ बैंक ८६९, ओरियन्टल होटल ५८३, पूर्णिमा विकास बैंक ५९४, जलविद्युत लगानी तथा विकास कम्पनी ४३३ र माछापुच्छे बैंक ६१९ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गुमाउने कम्पनीहरुमा पोखरा फाइनान्स प्रमोटर सेयर १३८, मनास्लु विकास बैंक ५४२, सगरमाथा इन्स्योरेन्स कम्पनी २४०१ र युनियन फाइनान्स १९७ रुपैयाँ प्रति कित्तामा कारोबार भएको थियो ।
 
बढी कारोबार भएका प्रमुख कम्पनीहरुमा जलविद्युत लगानी तथा विकास कम्पनीको १६ करोड ३१ लाख, फर्सट माइक्रो फाइनान्स १३ करोड ७२ हजार, नेपाल इन्भेष्टमेन्ट बैंक ५ करोड ५६ लाख, रुरल माइक्रो फाइनान्स डिभलपमेन्ट सेन्टर ५ करोड ४७ लाख र साना किसान विकास बैंक ४ करोड ८ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो ।
 
त्यस्तै प्रकारले कारोबारको मुख्य क्षेत्र विकास बैंक समूह, बाणिज्य बैंक समूह, विमा समूह, अन्य समूह र प्रमोटर सेयरको समूह रहेको थियो ।
 
कारोबार भएका प्रमुख सेयरहरुको मूल्य जलविद्युत लगानी तथा विकास कम्पनी ४३३, फर्सट माइक्रो फाइनान्स २०००, नेपाल इन्वेष्टमेन्ट बैंक १०४२, रुरल माइक्रो फाइनान्स डिभलपमेन्ट सेन्टर १४१० र साना किसान विकास बैंक २४९९ रुपैयाँ प्रति कित्तामा कारोबार भएको थियो ।
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC