site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रियल मड्रिडलाई पछि पार्दै विश्वकै धनी क्लब ‘डल्लास काउब्वाइ’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
एजेन्सी, लसएन्जल्स । स्पेनिस ला लिगा क्लब रियल मड्रिडलाई पछि पार्दै अमेरिकाको रग्वी क्लब डल्लास काउब्वाइ विश्वकै धनी क्लब भएको छ । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि बिजेता रियल मड्रिडलाई पछि पार्दै रग्वी क्लब डल्लास काउब्वाइ सर्वा्धिक धनी क्लब दरिएका हुन् ।
 
अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको तथ्याङ्कमा रियल मड्रिडलाई पछि पारेको डल्लास काउब्वाइको ब्राण्ड मूल्य ३ विलियन पाउण्ड रहेको छ । र, धनी क्लबको शीर्ष स्थानमा छ । फोर्ब्सले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दोस्रो स्थानमा रहेको रियलको मूल्य २.८ विलियन पाउण्ड छ ।
 
फोर्ब्सले सार्वजनिक गरेको धनी क्लबको सूचीमा अर्को स्पेनिस क्लब बार्सिलोना तेस्रो स्थानमा छ । बार्सिलोनाको मूल्य २.७ विलियन पाउण्ड छ । फोर्ब्सको अनुसार बार्सिलोना गत बर्षभन्दा १ स्थान माथि उक्लेको हो ।
 
त्यस्तै अमेरिकाको बेसबल टिम न्यूयोर्क याङकिज २.६ विलियन पाउण्ड ब्राण्ड मूल्यका साथ चौथो स्थानमा छ । इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर युनाईटेड २.५ विलियन पाउण्डसहित पाचौं स्थानमा छ । फोर्व्सले जारी गरेको तथ्याङ्कमा शीर्ष १० भित्र अधिकांस टोली मेरिकी रग्वी लिग क्लबहरु रहेको छन् ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC