बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मच्चियो, मच्चियो थच्चियो नहोस्, अहिले लोकमानलाई कारवाही नगरे मुलुकमा सिन्को भाँच्न सक्दैनौं: चित्रबहादुर केसी
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक २६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वमन्त्री चित्रबहादुर केसीले लोकमान सिंह कार्कीको इतिहास थाहा हुँदाहुँदै शीर्ष नेताहरु बाध्य भएर नियुक्त गरेको बताएका छन् ।
उनले एकजना भ्रष्ट कर्मचारीलाई कारवाही गर्न नसके मुलुकमा राजनीतिक दलका नेताहरुले सिन्को पनि भाँच्न नसक्ने बताए । व्यवस्थापिका–संसद्को बैठकमा महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।
“लोकमानको इतिहास के ? संसद्भित्रका ठुला नेतालाई लोकमानको इतिहास थाहा थिएन ? उहाँ दयामायाबाट भर्ति भएको हो । त्यसपछि पनि मुख्यसचिव हुँदा आन्दोलनमा निर्मम दमन गर्न राष्ट्रको ढुकुटी उडाउने काम गरे ।”
लोकमानलाई नियुक्ति गरेको झुक्किएर नभई बाध्य भएर गरिएको उनको भनाई थियो ।
केसीले नेपाल र नेपालीको दवाव नभई विदेशीको दवावमा उनलाई नियुक्त गरिएको उल्लेख गर्दै अहिले पनि त्यही शक्तिले नेताको गर्धनमा हात राखे पारित हुन नसक्ने बताए ।
“मच्चियो मच्चियो थच्चियो हुनेछ,” केसीले भने,“भ्रष्ट कर्मचारीलाई कारवाही नगरे मुलुकमा सिन्को भाँच्न सक्दैनौं । उनले संसद र सर्वोच्चको आदेश उल्लंघन गरेका छन्, त्यसैका आधारमा महाभियोग लगाउनुपर्छ ।” 
 
 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्