बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लोकमान सिंह कार्की संविधानभन्दा माथि हुन् ?: धनराज गुरुङ
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक २६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । व्यवस्थापिका–संसद्मा आजदेखि निलम्बित अवस्थामा रहेका अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।
छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद् धनराज गुरुङ्ले कोही पनि कानुनी राज्यभन्दा माथि कोही पनि नभएको भए पनि लोकमान सिंह कार्की कानुनभन्दा माथि हुन लागेकाले महाभियोग प्रस्ताव आएको बताए ।
“लोकमान सिंह कार्कीले म्याद टाँस गर्न पनि दिएनन्, संसदीय समितिमा बोलाउँदा पनि आएनन्,” गुरुङ्ले भने,“उनलाई महाभियोग लगाउन यसैलाई आधार बनाउन सकिन्छ ।”
“कानुन र संविधानभन्दा माथि अख्तियार प्रमुख हुन सक्छ ? संसद् भन्दा माथि कोही हुन सक्छ ? ,” उनको प्रश्न थियो,“संसदीय समितिले अख्तियार प्रमुखलाई बोलाउँदा अटेर गर्ने र छल्ने काम गर्नेलाई कारवाही हुनैपर्छ । संसदीय समितिमा बोल्नै नहुने तर सञ्चारमाध्यममा अन्तर्वार्ता दिन पुग्ने ?” गुरुङले आफूलाई पदको कुनै लोभ नभएको बताउँदै यो प्रस्तावको पक्षमा उभिन सबै सांसदहरुलाई आग्रह गरे । 
“कार्की बचाउन चलखेल सुरु भयो,” उनले भने,“अदालतले कार्की नियुक्तिको फाइल माग्दा सिंहदरबार निर्वस्त्र भयो । तर संसद् निर्वस्त्र हुन मिल्दैन ।”
 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्