बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लोकमान सिंह कार्कीउपर सार्वजनिक सूचना प्रकाशित गर्नेबारे छलफल
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक २६, २०७३
Laxmi Bank
Laxmi Bank

काठमाडौँ । व्यवस्थापिका– संसद् मातहतका महाभियोग सिफारिस समितिको अर्को बैठक फेरि ६ दिन पर धकेलिएको छ ।

समितिको आजको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।  उक्त छलफलपछि समितिको अर्को बैठक आगामी मङसिर २ गते बस्ने गरी स्थागन भएको हो ।  आन्तरिक कार्यविधि पारित गर्ने सन्दर्भमा एक/दुईवटा  विषयको भाषामा संशोधन गर्नुपर्ने देखिएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए ।

Duber nepal

Agani Group

बैठकमा महाभियोगको प्रस्ताव दर्ता गरेको व्यक्तिउपर सार्वजनिक सूचना प्रकाशित गरी जानकारी लिनुपर्छ भन्ने भनाई केही सदस्यबाट प्रस्तुत भएको थियो ।

सार्वजनिक सूचना प्रकाशित गरेर उजुरी लिन नमिल्ने जनाउँदै संयोजक बिडारीले भने,– “प्रस्तावमा जेजे कारण र आधार देखाइएको छ, त्यही विषयमा मात्र सफाइको मौका प्रदान दिने, अनुसन्धान र तहकिकात गर्ने गरी आन्तरिक कार्यविधि अघि बढाइने छ ।”

महाभियोग लगाउनुपर्नेका कारणबारे प्रस्तावमा उल्लेख भएका  विषयवस्तु अध्ययन गर्न नभ्याइएको जनाउँदै  नेपाल तरुण दलको अधिवेशन सुरु भइसकेकोले  केही दिनपछि मात्र बैठक राख्न नेपाली काँग्रेसका तर्फबाट अनुरोध गरिएको थियो ।

व्यवस्थापिका–संसद्को पूर्ण बैठकमा महाभियोगको प्रस्तावमाथिको छलफल पुनः आजबाट प्रारम्भ भएकाले थप केही दिन लाग्न सक्ने पक्षलाई हेक्का गर्दै समितिमा अरु विजनेश पनि नभएको हुँदा सबैको सहमतिमा अर्को बैठक मङसिर २ गते राखिएको संयोजक बिडारीले बताए । रासस

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्