site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंमा हुने चोरीका सन्दर्भमा अनौठा तथ्यहरू फेला पारेको छ । प्रहरीले चोरहरूको बानी व्यवहार र चोरीको विशेष दिनका सन्दर्भमा गरेको अध्ययनका आधारमा थाहा भएअनुसार सोमबार चोरहरू सबैभन्दा धेरै सक्रिय हुन्छन् भने शुक्रबार र शनिबार सबैभन्दा कम । 
महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार चोरहरू आइतबार, सोमबार र मंगलबार बढी सक्रिय हुन्छन् । त्यसमा पनि सोमबारको घटना अरु दिनभन्दा धेरै देखिएको छ । सबैभन्दा बढी चोरीका घटना भएका केही महिनाको तथ्यांक केलाउँदा हप्ताका सात दिनमा सोमबार करिब २२ प्रतिशत चोरीका घटना भएको देखिएको छ । त्यस्तै, आइतबार र मंगलबार पनि करिब १८ प्रतिशत चोरीका घटना भएको देखिन्छ । बिहीबार १८ प्रतिशत र बुधबार १२ प्रतिशत घटना हुने गरेका छन् । तर, शुक्रबार भने ९ प्रतिशत र शनिबार ५ प्रतिशतमात्र चोरीका घटना हुने गरेका छन् । 
हप्ताको पहिलो तीन दिन मानिस काममा जान उद्दत रहने तर पछिल्लो दुई दिन बिदा बस्ने सम्भावना हुनाले चोरले यस्तो रणनीति बनाएको हुन सक्ने प्रहरीको अनुमान छ । शुक्रबार कतिपय स्कुलमा हाफ छुट्टी हुने र शनिबार सबैजना घरै बस्ने हुनाले चोरी कम हुने प्रहरीको भनाइ छ । 
महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रम थापाले अझ अनौठो तथ्य फेला पारेका छन् । “कतिपय चोर त पत्रिकामा आफ्नो राशीफल हेरेर ‘काममा सफलता’ भनेको दिनमात्र चोरीमा निस्किने रहेछन्,” उनले भने । तर, धेरै चोरी दिउँसो हुने भएकाले शुक्रबार र शनिबारचाहिँ चोरहरू राशीफलमा लेखेको भए पनि सकभर चोरी गर्न आँट नगर्ने थापाले बताए ।
 
धेरै चोरी मध्यान्हमा 
अधिकांश नेपालीमा साँझ परेपछि चोर धेरै सलबलाउने सोच हुन्छ । कतिपय अवस्थामा चोरीलाई रातको र अँध्यारोको पेसा पनि भन्ने गरिन्छ । तर, काठमाडौंमा समातिएका चोरहरूको घटना विवरणअनुसार उनीहरू पनि अधिकांश मानिसजस्तै रातभर आरामले घरमै सुत्छन् । यस्तो गलत पेशामा लागेका व्यक्ति पनि जागिरे मान्छेजस्तै बिहानको ९ बजे खाना खाईवरी करिब १० बजेतिर चोरी गर्न ताकेको घरवरिपरि पुग्छन्, स्थितिको जायजा लिन्छन् र मध्यान्हमा चोरी गर्न लुसुक्क घरभित्र छिर्छन् । 
महानगरीय प्रहरी परिसरले गरेको अध्ययनअनुसार १२ बजेदेखि ४ बजेसम्म चोरीका घटना अत्यधिक हुने गरेका छन् । यो समयमा करिब ५० प्रतिशत चोरी हुने गरेको देखिन्छ । कतिपय चोर बिहान मर्निङ वाकको समयदेखि नै चोर्न पनि निस्किन्छन् । बिहान ६ बजेदेखि १२ बजेसम्म कुल चोरीको १८ प्रतिशत चोरी हुने देखिएको छ । बाँकी चोरी भने साँझ र रातको समयमा हुने गरेका छन् । रातको समयमा भने घरधनी छैनन् भन्ने पक्का भएको घरमा चोर पस्छन् । 
 
नगद र गहनामा विशेष जोड
पहिले–पहिलेका चोरहरूले भाँडाकुँडा, कपडा, टिभी आदि चोर्ने गरेको भए पनि अहिलेका चोर त्यस्ता कुरामा ध्यान दिँदैनन् । मोबाइल, ट्याब्लेट, आइप्याड र ल्यापटप पनि अहिलेका चोरहरूले छुँदैनन् । “चोरहरूले नगद र गरगहनाबाहेक सामानमा ध्यान नदिएको देखिएको छ । मोबाइल, ट्याब्लेट, आइप्याड आदि ‘लोकेट’ गर्न सकिने चोरहरूले बुझिसकेका छन्,” एसएसपी थापा भन्छन् ।
प्रहरीको अध्ययनअनुसार बौद्ध, जोरपाटी र कपन बढी चोरी हुने क्षेत्रमा अंकित छन् । यी क्षेत्रमा किन बढी चोरी हुन्छ भन्ने विषयमा भने अझै अध्ययन भइसकेको छैन । त्यस्तै, चोरीमा संलग्न हुनेमा सबैभन्दा बढी सिन्धुपाल्चोकका र त्यसपछि रामेछाप रहेको तथ्यांक छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC