site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समयमा सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी)ले यहाँ आज आयोजना गरेको ‘अगुवा प्रशिक्षण कार्यक्रम’मा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका उहाँले सामाजिक सञ्जालमार्फत विस्तारैविस्तारै माओवादी सिद्धान्तविरुद्ध नै प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “अहिले सामाजिक सञ्जाल र केही मिडियामार्फत हामीमाथि आक्रमण र घेराबन्दी भइरहेको छ । त्यसैले पार्टीको नेतृत्व र सरकारले गरेका राम्रा कामको प्रतिरक्षा गर्न युवा विद्यार्थीले भूमिका खेल्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा उनले कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिँदै गरिबी निवारणका निम्ति सरकारले अभियान थालेको जानकारी दिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको क्रान्तिकारी चरित्रमा स्खलन, प्रदूषण र भ्रष्टीकरण भएको बताउँदै पुनःएकीकरण र रुपान्तरण गर्नुपर्ने धारणा राखे ।

अर्का नेता रामबहादुर थापाले देशमा नयाँ कम्युनिस्ट पार्टीको अझै आवश्यकता रहेको औँल्याए । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो सङ्गठनले राजनीतिक र शैक्षिक दुवै मुद्दा सँगसँगै उठाउने बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC