site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमेरिकी राष्ट्रपति निर्वाचन परिणामको असर नेपालमा के पर्ला ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पको विजयले  अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायता कटौती हुने संभावना परराष्ट्रविद्हरुले औंल्याएका छन् । 
संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा बुधबार डोनाल्ड ट्रम्प विजयी भएलगत्तै रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अमेरिकाका लागि पूर्वराजदूत डा. शंकर शर्माले अमेरिकाले दिँदै आएको आर्थिक सहायता घट्ने सम्भावना औंल्याएका छन् ।  उनले भने, “नवनिर्वाचित राष्ट्रपतिको नीतिअनुसार अब आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पर्न सक्ने खतरा छ, त्यसो भयो भने अमेरिकाले वैदेशिक सहायतामा कटौती गर्नेछ, त्यसो गर्दा स्वाभाविक रूपमा नेपाललाई पनि असर पर्छ ।”
पूर्वराजदूत शर्माले राष्ट्रपती चुनावको नतिजा पूरा विश्वकै लागि अप्रत्याशित रहेको बताउँदै भने, “उनको विजयी वास्तवमै अप्रत्याशित नै हो, धेरैले यस्तो अनुमान गरेकै थिएनन् ।” उनले ट्रम्पको विजयीले काला जाति, विश्वविद्यालयमा अध्ययनरत युवा तथा महिलालाई निराश बनाएको समेत बताए । 
अमेरिका आफैँमा विश्वमै राजनीतिक एवम् आर्थिकरूपमा शक्तिशाली राष्ट्र भएकाले ट्रम्पको विजयीसँगै यसको वैदेशिक नीति तथा आर्थिक नीतिमा केही परिवर्तन आउन सक्ने स्वाभाविक सम्भावना पनि शर्माले औंल्याए । उनले भने,“अब अमेरिकाले नयाँ ट्रेड सम्झौता गर्दैन, बरु रिभ्यु गर्छ ।” उनका अनुसार उक्त नीतिले भारतजस्ता अार्थिकरूपमा अपेक्षाकृत स्वतन्त्र राष्ट्रलाई पनि असर पर्नसक्छ । शर्माले थपे, “यसले गर्दा अब 'ट्रेड वार' हुने जोखिम छ ।”
त्यस्तै उनले अहिले आप्रवासीलाई ठूलो भयको वातावरण सिर्जना भएको बताउँदै आप्रवास नीतिमा पनि पनि केही कडाइ हुनसक्ने बताए । शर्माले थपे, “उनले चुनावका दौरानमा बोलेजस्तो कुरा लागु गर्ने हो भने रोजगारमा पनि हतोत्साह  हुन सक्छ ।” यद्यपि उनले अमेरिकाको सिनेट, कंग्रेस र राष्ट्रपति पनि रिपब्लिकनकै भए पनि कतिपय रिपब्लिकनहरूले नै ट्रम्पका नीति सजिलै पास नगर्ने समेत बताए । 
त्यस्तै कार्यक्रममा परराष्ट्रविद एवम् नेकपा (एमाले)का सांसद डा. राजन भट्टराईले पनि ट्रम्पले चुनावी दौरानमा बोलेका कुरा लागु गर्ने अवस्था आए यसको सबैभन्दा बढी प्रभाव महिला, आप्रवासीलाई पर्न सक्ने चर्चा तथा परिचर्चा भइरहेको प्रति टिप्पणी गर्दै भने, “उनले बोलेका कुरा लागु भए विश्वको राजनीतिमा ठूलो प्रभाव आउँछ, विश्व राजनीतिमै यसले असर पार्छ ।” उनले चुनावी मैदानमा बोल्ने कुरा एउटा भए पनि निर्वाचित भएपछि त्यसलाई यथावत् लागु गर्न नसकिने भन्दै कतिपय कुरामा भने यसले असर पार्ने  टिप्पणी गरे ।  उनले नेपालमा ठूलो प्रभाव नपरे पनि आर्थिक सहायतामा भने कमी आउने धारणा राखे । 
त्यस्तै अर्का पूर्वराजदूत डा. सुरेश चालिसेले ट्रम्पले चुनावका दौरान उठाएका एजेन्डा लागु भए जापान, दक्षिण कोरियालगायत देशमा अमेरिकी सैनिक कटौती हुने बताए । अहिले डोनाल्ड ट्रम्प विजयी भएलगत्तै पूरा विश्वमै यसको अवसर र चुनौतीबारे बहस भइरहेको पनि चालिसेले बताए । उनले भने,“ट्रम्पले रसियासँग राम्रो सम्बन्ध राख्न चाहेका छन्, यसबारे चारैतिर अहिले संशय उत्पन्न भएको छ ।” ट्रम्पको कार्यकालमा अब विश्वमा नयाँ शक्तिहरू उदय हुने पनि उनले सम्भावना औँल्याए । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC