site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छवटा हिमताल जोखिमपूर्ण अवस्थामा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौँ । व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिको आज बसेको बैठकमा हिमताल विस्फोट तथा जोखिम न्यूनीकरणका सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल भयो । 
 
बैठकमा छोरोल्पा र इम्जालगायत छवटा हिमताल जोखिमपूर्ण अवस्थामा रहेको समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनाका प्रमुख टोपबहादुर खत्रीले जानकारी दिए । 
 
छोरोल्पाबाट सोलुखुम्बुका चौँरीखर्क, खुमजुङ्, नाम्चेलगायत क्षेत्र र तराईका महोत्तरी, सप्तरी, सिराहा र उदयपुर क्षेत्रमा पर्नसक्ने प्रभावलाई न्यून गर्न पूर्वसूचना संयन्त्र जडान गर्नुका साथै प्रभावित क्षेत्रका जनतामा समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिएको र आयोजना सकिएपछि सम्बन्धित समुदायबाटै कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको उनले बताए । 
 
छलफलमा सांसदहरू गणेश बिमली, डा दुमनसिंह थापा, कमला विक, हरिप्रसाद उप्रेती, हरि राजवंशी, राजाराम स्याङ्तान, मानबहादुर विश्वकर्मा लगायतले जलवायु परिवर्तनबाट सिर्जना हुने जोखिम न्यून गर्न जल संरक्षणमा ध्यान दिनुपर्ने, नदी आसपासका बाँस, जटाधारी रूखलगायत बिरुवा रोपी स्थानीय बासिन्दामाझ आयआर्जन तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, थप जोखिमी क्षेत्र पहिल्याउनुपर्ने सुझाव दिएका थिए । 
 
जल तथा मौषम विज्ञान विभागका निमित्त महानिर्देशक सुरज वैद्यले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए । रासस
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC