site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हरियो पासपोर्टको अबगाल
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
हालै लन्डनको ट्रान्जिट हुँदै अमेरिका गएर फर्केका एक मित्रलाई भेट्दा उनले भटाभट हरियो पासपोर्टलाई गाली गर्न थाले । औसत अमेरिकीको भन्दा कम आम्दानी नभएकाले पनि होला खल्तीको हरियो पासपोर्टकै कारणले दोस्रो दर्जाको पर्यटक हुनुपरेको उनको  रोइलो थियो ।
‘बिचरो हरियो रङ्गको के दोष­’ मैले वाक्य पूरा गर्न पाएको थिइन उनले काटिहाले - ‘त्यही हरियो देख्नेबित्तिकै त बाबुरामलाई समेत हङकङमा अध्यागमनले रोकिदियो र त्यही हरियो देखेर मलाई पनि लन्डन र न्युयोर्कमा बेकारको दुःख दियो ।’
अध्यागमनमा पुग्दा थरीथरी रङ्गका पासपोर्ट देख्न पाइन्छ । पासपोर्टको गातोको रङ्ग देशअनुसार फरक हुन्छ । त्यसरी देशको रङ्ग कसरी निर्धारण होला भन्ने रमाइलो उत्सुकता हो । धेरै मित्रहरूले ‘पासपोर्टमा हरियो रङ्ग चाहिँ खतम नै हो’ भनेको सुनिन्छ ।
यस्तो सुनिनुमा नेपाली मिडिया र ‘जान्नेसुन्ने’ को कथनले मलजल गरेको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि त्यस्तै आशयको ‘स्टाटस’ सामाजिक संजालमा राखेपछि पछिल्लो साताप्ता हरियो रङ्गको पासपोर्टको चर्चा सहरको ‘सायरी’ बनेको छ ।
अमेरिकाबाट फर्केका मित्रलाई मैले दोष हरियो रङ्गको होइन मुलुकको हैसियतको हो भनेर सम्झाउने प्रयास गरेँ । तर, उनले मुलुक कमजोर भएरै हरियो रङ्ग पाएको जिद्दी छोडेनन् । हरियो रङ्गको पासपोर्ट गरिब देशहरूकै लागि छुट्याइने हो त ?
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले पासपोर्टको साइज र ढाँचाकाँचाको निर्धारण गर्दै नियम बनाएको छ । तर। गाताको रङ्ग र डिजाइनबारे सम्बन्धित देशले नै छनोट गर्ने हो । यसरी रङ्ग छनोट गर्दा भने त्यो देशको भौगोलिक, राजनीतिक वा धार्मिक कारणले भूमिका खेलेको देखिन्छ । कम्युनिस्ट पृष्ठभूमि भएका देशले रातो रङ्ग रोजेको पाइन्छ भने अमेरिका, क्यानडा, अस्ट्रेलिया, ब्राजिलजस्ता नयाँ संसार मानिने देशहरू निलो रङ्गमा आकर्षित भएका छन् । मुस्लिम देशहरूमा हरियो रङ्ग लोकप्रिय छ । भनिन्छ, मुस्लिम धर्मगुरु मोहम्मद हरियो रङ्ग मन पराउँथे ।
त्यसैले केही मुस्लिम देशले झन्डामा समेत हरियो रङ्ग रूचाएका हुन्छन् । साउदी अरेबिया, मोरक्को, पाकिस्तान, इजिप्ट, बंगलादेशजस्ता मुस्लिम देशहरूको पासपोर्ट नेपालको जस्तै हरियो छ । नेपालले हरियो रङ्ग छान्नुको कारण भने सजिलै अन्दाज गर्न सकिने खालको छैन, तैपनि प्रष्ट के छ भने नेपालले हरियो रङ्ग त्यागेर अमेरिका वा युरोपेली देशको जस्तो रङ्ग छान्न चाहे मुलुक स्वतन्त्र छ । अमेरिकाले अहिलेको निलो रङ्ग लिनुअगाडि हरियो रङ्ग प्रयोग गरेको थियो । यस्तै ६ वर्षअघिसम्म ब्राजिलले हरियो रङ्ग कै राहदानी जारी गर्थ्यो ।
क्षेत्रिय संगठनका आधारमा पनि पासपोर्टको रङ्ग छनोट र समायोजन गरेको भेटिन्छ । जस्तो, युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरूले गाढा रातो (वाइनको जस्तो) रङ्ग अंगीकार गरेका छन् भने क्यारेबियन समुदायका देशहरूले गाढा निलो रङ्ग ।
रङ्गभन्दा पनि त्यो देशको स्वीकार्यताले पासपोर्ट शक्तिशाली हुन्छ । पासपोर्टको गातोमा कुनै ग्राह्य मुलुकको नाम देखिन्छ अध्यागमन अधिकारीहरूको धारणा सकारात्मक बन्छ ।
नागरिकता र योजनासम्बन्धी अध्ययन गर्ने संस्था ‘हेन्ले एन्ड पार्टनर्स’ ले देशहरूको ग्राह्यताका आधारमा कुन देशको पासपोर्ट कति शक्तिशाली भनेर श्रेणी प्रकाशन गर्ने गर्छ । सन् २०१६ को रिपोर्टमा संसारका २१८ देश (वा स्वायत्त भूभाग) मध्ये १७७ देशमा अग्रिम प्रवेशाज्ञा (भिसा) नचाहिने जर्मन पासपोर्टलाई सर्वाधिक शक्तिशाली मानेको छ । स्विडिस नागरिकहरूलाई १७६ देशमा त्यस्तो सुविधा छ भने १७५ देशमा अग्रीम भिसा नचाहिने बेफायत, फ्रान्स, इटाली, स्पेन र फिनल्यान्ड तेस्रो श्रेणीमा रहेका छन् । त्यस्तै अमेरिकासहित बेल्जियम, डेनमार्क र दी नेदरल्यान्डस् चौथो शक्तिशाली स्थानमा छन् र १७४ देशमा बिना अग्रिम भिसा ग्राह्य छन् ।
संसारको सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको हो । अफगानी नागरिक बिना भिसा २५ देशमा मात्र स्वीकार्य छन् ।
सातौं कमजोर श्रेणीमा रहेको नेपाली पासपोर्ट वाहकलाई ३७ देशमा जान अग्रिम भिसा अनुमति चाहिँदैन । हरियो रङ्गकै पासपोर्ट भएको दक्षिण अफ्रिकाका नागरिक ९७ देशमा बिनाभिजा स्वीकार्य छन् । देशको सुदृढ आर्थिक अवस्था र राजनीतिक स्थिरताले देशको पासपोर्टको स्वीकार्यता बढाउने हो । यस्ता मापदण्डमा सुधार नभएसम्म हरियो रङ्ग बदली र गातोको बुट्टा जति चिटिक्क पारे पनि नेपाली नागरिकको पीडा उस्तै हो ।
 
हाल- ब्रसेल्स
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC