site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुस् : गभर्नर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् । केही सयमयता तुरुन्त लाभ पाउने भन्दै आयात व्यापार (ट्रेडिङ बिजनेस)मा मात्र व्यवसायी केन्द्रित हुँदा देशमा उत्पादन बढ्न नसकेको र व्यापार घाटा बढेर ६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको भन्दै गभर्नरले उत्पादनमूलक क्षेत्रमा जान गभर्नरले सुझाएका हुन् । 
 
सनराइज बैंक लिमिटेड र नारायणी नेसनल फाइनान्स लिमिटेडको बिहीबार एकीकृत बैंकिङ कारोबार सुरु गर्दै गर्भनर नेपालले उत्पादनमूलक क्षेत्रमा जान केन्द्रीय बैंक सहयोग गर्न तयार रहेको स्पष्ट पारे । 
 
सरकारले व्यवसायीलाई विभिन्न समयमा अनुदान दिएर सहयोग गरिरहेको बताउँदै उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जाको पुनर्तालिकीकरणदेखि ब्याज दरमा सहुलियत दिएको जानकारी दिए । “यहाँ पर्याप्त लगानी गर्ने पुँजी छ, लगानी बढाउनुपर्यो,” उनले भने  । भारतबाट मात्र ८ अर्ब रुपैयाँबराबरको तरकारी र फलफूल आयात भएको जानकारी दिँदै गभर्नर नेपालले थपे, “लगानी बढाएर नेपालमा उत्पादन गर्न सक्ने सम्भावना हुँदाहुँदै यसतर्फ ध्यान दिन सकेनौं यो विडम्बना नै हो ।” 
 
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपाली बैंकको क्षमता बढेको बताउँदै ५० करोड रुपैयाँभन्दा बढी लगानी सह–वित्तीयकरणअन्तर्गत हुनुपर्ने व्यवस्था हटाउन माग गरे । सह–वित्तीयकरणमा जान सजिलो नभएको उनको तर्क छ । घर बनाउन र गाडी किन्न ५ प्रतिशतभन्दा कम ब्याजमा कर्जा पाउने गरेको जानकारी दिँदै मुरारकारले प्रश्न गरे, “जलविद्युत्मा ११ प्रतिशतसम्म ब्याज किन ? अबको लगानीको क्षेत्र जलविद्युत् नै हो । ब्याज दर घटाउनुका साथै जलविद्युत्मा लगानी सीमा पनि बढाउनुपर्नेमा उनको जोड छ । 
 
सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले पछिल्लो समय लगानीका क्षेत्र खुम्चिएर बजारमा लगानीयोग्य पुँजी (तरलता) बढेको बताए । सनराइजले ऊर्जामा ५ अर्ब रुपैयाँ लगानी सम्झौता गरे पनि ५० करोड रुपैयाँमात्र लगानी भएको उनले जानकारी दिए । बैंकले ऊर्जामा लगानी बढाउन बेग्लै एकाई गठन गर्न लागेको छ । 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त कारोबारपछि बैंकको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्ने जानकारी दिए । चालू आवमा दुवै संस्थाले राम्रो आम्दानी गरेको बताउँदै उनले आगामी वर्ष १ अर्ब रुपैयाँको बोनस सेयर जारी गरेर पुँजी ५ अर्ब पुर्याउने लक्ष्य सुनाए । थप ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेर बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकको योजना छ । संयुक्त कारोबारपछि बैंकको कुल निक्षेप ५० अर्ब रुपैयाँ र कर्जा परिचालन ४३ अर्ब रुपैयाँ पुग्ने उनले बताए । 
 
संयुक्त कारोबारसँगै बैंकको शाखा संख्या ६७ पुगेको छ । आगामी आवमा बढाएर ८० पुर्याउनुका साथै पुँजी कोषलाई बढाएर १० अर्ब रुपैयाँ पुर्याउने बैंकको योजना छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC