site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फोक्सोको क्यान्सर र उपचार विधि

क्यान्सर अर्थात ‘अर्बुद रोग’ जसमा शरिरका कोषिकाहरु अनियन्त्रित रुपले बिभाजित भएर तिब्र गतिमा बृद्धि हुन थाल्दछन् । यो प्रायः शरिरका अन्य भागमा पनि फैलिन्छ ।

क्यान्सरहरु मध्ये फोक्सोको क्यान्सर संसारभर नै मानिसहरुमा सबैभन्दा बढी भेटिने र प्रमुख क्यान्सर हो ।  यो क्यान्सर चुरोटको आबिश्कार सँगै बढ्दै गएको पाइन्छ । पछिल्लो तथ्याङ्क अनुसार  सन् २०१२ मा मात्र १५ दशमलब ६ लाख मानिसको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको थियो ।

प्रायः ५० बर्ष नाघिसकेका मानिसहरुमा यो समस्या देखिन्छ र ४० बर्षभन्दा कम उमेरमा यो क्यान्सर हुने सम्भावना कम हुन्छ । यो समस्या महिलाहरुमा भन्दा पुरुपमा बढी हुन्छ तर पछिल्लो समयमा महिलाहरुमा धुमपान गर्नेहरुको संख्या उल्लेख रुपमा बढ्दै गएकाले यो समस्या पनि बढ्दै गएको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कारणहरुः

धुमपानः पछिल्ला अध्ययनहरु अनुसार ७० देखी ८० प्रतिशत मानिसहरुमा धुमपान नै प्रमुख कारण रहेको पाइन्छ । २५ प्रतिशत जति धुमपान नगर्ने मानिसहरुमा पनि यो क्यान्सर पाइने गरेको छ । जसमा अन्य तत्वहरुलाई कारक मानिएको छ जस्तैः अरुले धुमपान गरेको धुँवा, वातावरणिय प्रदुषण, वातावरण र संरचनाहरुमा पाइने तत्वहरु (एस्वेष्टस्, आर्सेनिक, युरानियम, निकेल आदि ) को संसर्ग ।

Global Ime bank

बंशाणुगतः नजिकको रगतको नातामा क्यान्सर छ भने परिवारका अरु सदस्यहरुमा यो रोग हुने संभावना बढ्दछ ।

रेडिएसनः बिकिरण संगको संसर्ग ।

एचआइभिको संक्रमण ।

लक्षणहरुः

खोकीलाग्नु, छात्ति दुख्नु, खकारमा रगत देखिनु, स्वास प्रस्वासमा कठिनाइ आउनु यसका मुख्य लक्षणहरु हुन् । यि लक्षणहरुको साथमा खाना अरुचि हुनु, अस्वभाविक रुपमा तौल घट्दै जानु, आवाजमा परिवर्तन आउनु  वा धोद्रो हुनु, पटक पटक निमोनिया हुँनु  र निमोनियाँ बिसेक नहुनु पनि फोक्सोको क्यान्सरका लक्षणहरु हुन सक्दछन् ।

पत्ता लगाउने तरिकाः

माथिका लक्षणहरु अरु स्वास प्रस्वास प्रणालीका रोगहरुमा पनि देखिन सक्छन् तर ति लक्षणहरु देखिएमा तुरुन्त सम्वन्धित चिकित्सकको सुझाव लिनु उपयुक्त हुन्छ ।

प्रारम्भिक परिक्षण स्वरुप छात्तिको एक्स रे गरिन्छ र आवश्यक परेमा सिटी स्क्यान गर्न सकिन्छ जसले रोग भए नभएको देखाउँदछ । यदि सिटी स्क्यामा रोगको सम्भावना भएमा बायोप्सी अर्थात फोक्सोबाट मासुको सानो टुक्रा चिमोटेर निकालेर परिक्षण गरी समस्या निर्क्यौल गर्नु पर्दछ । साथै यस रोगसँग सम्बन्धित अन्य परिक्षण पनि गर्नुपर्ने हुन्छ ।

उपचारः

यसका प्रमुख तिन उपचार बिधि छन् ।

·          शल्यकृया ।

·          रेडियो थेरापि (विकिरणले सेक्ने) ।

·          किमो थेरापी (औषधिद्वारा गरिने उपचार) ।

     

यदि प्रारम्भिक अवस्थामा रोग पत्ता लागेमा अप्रेशन बाटपनि उपचार गर्न सकिन्छ र यो अवस्थामा उपचारपनि प्रभावकारी हुने हुनाले जिवनस्तर र बाँच्ने संभावना समेत बढी हुन्छ ।

रोग फैलिसकेको अवस्थामा रेडियो थेरापि र किमोथेरापिले उपचार गरिन्छ । तर बिरामीको अवस्था नाजुक छ भने माथि उल्लेख गरिएका बिधिहरुवाट प्रभावकारी उपचार गर्न सकिदैन ।

बच्ने उपाएः

·          धुमपान गर्दै नगर्ने, गरिराखेको छ भनेपनि छोड्ने र धुमपान गर्ने मानिसको नजिक नबस्ने ।

·           माथि उल्लेख गरिएका रोगका सम्भाव्य कारणहरुवाट बच्ने प्रयास गर्ने ।

·          केहि अध्ययन अनुसार सागपात र फलफुल प्रशस्त मात्रामा खानाले पनि फोक्सोको क्यान्सर लाग्ने संभावना कम हुने देखाएको छ ।

(डा. महत फोक्सो रोग बिशेषज्ञको रूपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत छन्)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC