राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कब्जामा लिएर बसेका करिब ३ सय पूर्व लडाकुलाई नेपाल पुलिस क्लब, तीनकुने, टेकु र अनामनगरमा राखिएको बहिर्गमित लडाकु संघर्ष समितिका अध्यक्ष लेनिन विष्टले जानकारी दिए ।
बालबच्चासहित धर्नामा रहेका पूर्व लडाकुहरुलाई बिहानै पक्राउ गरिएको थियो । प्रहरीले गिरफ्तार गरेपछि उनीहरुले सरकार र माओवादी नेतृत्वविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
नेपाल पुलिस क्लबमा हिरासतमा रहेका विष्टले बाह्रखरीसँग कुरा गर्दै भने–“हामी शान्तिपूर्ण आन्दोलनमा थियौं । तर प्रहरीले गिरफ्तार गर्यो । हामीलाई यहाँबाट छाडियो भने त्यहीँ जान्छौं नभए यहीँ नै आमरण अनशनमा बस्छौं ।”
उनले पक्राउ परेका सबैसँग सम्पर्क भएपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने पनि बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ ११:०५
प्रतिक्रिया दिनुहोस्