site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पेरिसडाँडा कब्जा गरि बसेका पूर्वलडाकु पक्राउ, पुलिस क्लबमा रुवाबासी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काडमाडौं । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयनको माग राखि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडा कब्जा गरेका बहिर्गमित लडाकुलाई प्रहरीले एकाबिहानै पक्राउ गरी नेपाल पुलिस क्लब लगेको छ ।
सेना समायोजन प्रक्रियामा ‘अयोग्य’ भइ बहिर्गमित हुन पुगेका चार हजार ९ लडाकुले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा कब्जामा लिइ आन्दोलन गरिरहेका थिए ।
सोमबार मध्याह्नबाट पार्टी कार्यालयमा भित्रबाट ताला लगाइ बसेका उनीहरूलाई मंगलबार बिहानै प्रहरीले पक्राउ गरेको बहिर्गमित लडाकु संघर्ष समितिका महासचिव राजन मगरले जानकारी दिए । “सरकारको ठाडो निर्देशनमा एकाबिहानै हामीलाई प्रहरीले पक्राउ गर्यो । शान्तिपूर्ण तवरबाट हाम्रो माग राख्न पाउने नैसर्गिक अधिकारलाई प्रहरीले बुटले कुल्चिएको छ । पार्टी नेतृत्वले हामीलाई प्रहरी लगाएर लखेट्यो यसमा हामी निन्दा गर्न चाहन्छौँ,” उनले बाह्रखरीसँग भने ।
काखे बालकसहित आन्दोलनमा लागेका पूर्वलडाकु महिलाहरूलाई पनि प्रहरीले लछार–पछार पार्दै नियन्त्रणमा लिइ पार्टी कार्यालय खाली गराएको उनले जानकारी दिए । नेपाल पुलिस क्लबमा बालबच्चाको रुवावासी भइरहेको मगरले जानकारी दिए । माग पूरा नहोउञ्जेल आन्दोलन नछाड्ने मगरको भनाइ थियो ।
“अहिले मेचिदेखि महाकालीका बहिर्गमित साथीहरू गाडी रिजर्भ गरी आउँदै हुनुहुन्छ, यो हाम्रो निर्णायक लडाइँ हो, पछि हट्दैनौँ,” मगरले पुलिस क्लबबाट फोनमा भने ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC