बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बहिगर्मित लडाकुद्धारा माओवादी पार्टी कार्यालयमा तालाबन्दी, सहमति कार्यान्वयन नभएसम्म तालाबन्दी कायम रहने
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, कात्तिक २२, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । बहिगर्मित लडाकुहरुले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कब्जामा लिएका छन् ।
पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा उनीहरुले भित्रबाट ताला लगाएर कब्जामा लिएका हुन् । 
करिब तीन सयको हाराहारीमा रहेका बहिगर्मित लडाकुले भित्रबाट ताला लगाएर बसेका हुन् । बहिगर्मित जनमुक्ति सेनाका उपाध्यक्ष प्रदीप कार्कीले नेपाल सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए । “नेपाल सरकारसँग भएका वार्ता सम्झौता कार्यान्वयन हुनुपर्यो,” बाह्रखरीसँग कुरा गर्दै कार्कीले भने “हाम्रो दीर्घकालिन व्यवस्थापन हुनुपर्यो । सशस्त्र द्वन्द्वमा बालबालिकाको प्रयोग भएको थियो । यो विषय सबैलाई जानकारी भएकै हो । अब अहिले उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा कसैले पनि ध्यान दिएन ।”
उनले आफूहरुले अहिलेसम्म राज्यपक्षबाट कुनै सुविधा नपाएको भन्दै विगतका सहमति कार्यान्वयन नभएसम्म आफूहरुको धर्ना जारी रहने बताए । “हामीलाई बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २÷२ लाख दिने निर्णय भएको थियो,” कार्कीले भने, “विगतमा भएको ७ बुँदे सहमति पहिले कार्यान्वयन हुनुपर्छ ।”
उनले २० गतेदेखि २२ गतेसम्म भएको भेलाले शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको बताए ।
“हामीले अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौं,” कार्कीले भने,“२० देखि २२ गतेसम्म भएको भेलाको निर्णयअनुसार बसेका हौं । माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।”
 
Nepal Investment bank
Nepal Investment bank
सोमबार, कात्तिक २२, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्