site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रीपेच हेर्न पाउँ भन्दै ५ सय निवेदन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राजतन्त्रको अन्त्य भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छोडेर नागार्जुन दरबार गए । तर, आफूले लगाउने श्रीपेच भने सँगै लैजान पाएनन् । पूर्वराजाहरूले विशेष अवसरमा लगाउने श्रीपेच अहिले नारायणहिटी दरबारमै राखिएको छ । 
 
संग्रहालयमा परिणत गरिएको नारायणहिटी दरबार अवलोकन गर्न सयौं अवलोकनकर्ता पुग्ने गर्छन् । यीमध्ये धेरैको चासोको विषय हुने गर्छ श्रीपेच । तर, संग्रहालयमा श्रीपेच सबैको पहुँचमा छैन । श्रीपेच हेर्न पाऊँ भन्दै दैनिक रूपमा संग्रहालयमा राखिएको सुझाव पेटिकामा निवेदन आउने गरेका छन् । अहिलेसम्म करिब ५ सयवटा यस्ता निवेदन आएको संग्रहालय व्यवस्थापन कार्यालयले जनाएको छ । “दैनिक रूपमा यस्ता निवेदन आइरहेका हुन्छन्,” संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले बाह्रखरीसँग भने । भ्रमणकर्ताले कर्मचारीसँग पनि श्रीपेचबारे चासो राख्ने गरेको उनले बताए । 
 
सरकारले ०६८ सालदेखि नै सार्वजनिक अवलोकनका लागि संग्रहालयमा श्रीपेच राख्ने निर्णय गरे पनि सुरक्षाका कारण भन्दै अहिलेसम्म राखिएको छैन । “‘संग्रहालयमा श्रीपेच राख्न त्यति सजिलो छैन । एकदमै कडा सुरक्षाका साथ राख्नुपर्छ । अझै सुरक्षा व्यवस्था बलियो बनाउन सकिएको छैन,” उनले भने ।
 
गणतन्त्र घोषणा भएसँगै ०६५ सालदेखि नारायणहिटी दरबार संग्रहालयका रूपमा जनताका लागि खुला गरिएको थियो । स्वदेशी तथा विदेशी गरी अहिलेसम्म २१ लाख ६ हजार ७३ जनाले संग्रहालयको अवलोकन गरिसकेका छन् । 
 
अहिले श्रीपेच कहाँ र कसरी राखिएको छ भनेर संग्रहालय व्यवस्थापनले केही बताएको छैन । सुरक्षालाई मध्यनजर गरेर श्रीपेच सेनाको जिम्मामा सुरक्षित स्थानमा राखिएको संग्रहालय प्रमुख ढुंगानाले बताए । सरकारले श्रीपेच संरक्षणका लागि भन्दै ५ सदस्यीय समितिसमेत गठन गरेको थियो । समितिले मात्रै श्रीपेच राखिएको कोठा खोल्ने अनुमति पाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC