बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पाल्पामा पुनःसंरचनामा सहमति
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, कात्तिक २१, २०७३
Laxmi Bank
Laxmi Bank

रामपुर (पाल्पा) । दुई दिनसम्म बसेको सर्वदलीय बैठकले पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका निर्धारण गरेको छ ।

स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेयका पहलमा दुई दिनसम्मको बैठक अन्तर्गत शनिबार भएको छलफलले तानसेन नगरपालिकामा बराङ्गदी– २, ३, ४, ५ र ६ एवम् अर्घलीका सबै वडा जोड्ने सहमति भएको हो ।

Duber nepal

Agani Group

त्यसैगरी ताहुँ क्षेत्रका लागि प्रस्तावित नगरपालिकालाई विभाजन गरेर दुई गाउँपालिका बनाउने निर्णय भएको छ, जसमा हुँगी, फोक्सीङ्कोट, ताहु, पिपलडाँडा, हुमिन र हेक्लाङ गाविस– ९ लाई मिलाएर एक गाउँपालिका तथा सिलुवा, रिङगनेरह, जल्पा, वीरकोट, देवीनगर र हेक्लाङ– १ देखि ८ सम्म गरी अर्को गाउँपालिका बनाउन सिफारिस गर्ने निर्णय भएको छ ।

बैठक आज पुनः बसेर केन्द्र र नामका विषयमा टुङ्गो लगाउने निर्णय भएको जिविस पाल्पाका योजना तथा प्रशासकीय अधिकृत चूरामणि बस्यालले बताए । रासस

Nepal Investment bank
Nepal Investment bank
आइतबार, कात्तिक २१, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्