site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

ताप्लेजुङ, २९ असार । सावादिन–१ स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपूर्ण ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

शनिबार बिहान झरेको पहिरोले नदी थुनिएर खतरा बढ्दै गएपछि तीन दिनपछि बुधबार पुगेको अध्ययन टोलीले तत्काल ताल नफुट्ने र अहिलेकै अवस्थामा नदीले कटान गरेर बगिरहेमा तमोर नदी किनारका बस्तीमा क्षति गर्ने सम्भावना नरहेको यहाँका निमित्त प्रजिअ सुरेन्द्रप्रसाद भट्टराईले बताए ।

Agni Group

अध्ययन टोलीका संयोजक एवम् जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतम क्षेत्रमा चट्टान आएर बसेकाले तत्कालीन अवस्थामा ताल फुट्ने खतरा नरहेको बताए ।

ताल फुटेर हुने जोखिमको तत्कालीन अवस्था अध्ययन गरी प्रतिवेदन तयार गर्न १३ सदस्यीय अध्ययन टोली सो स्थानमा पुगेको थियो । टोलीमा इन्जिनियर, प्राविधिक, रेडक्रसकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्राविधिक अधिकृत सामेल रहेका थिए ।

Global Ime bank

अहिले जमेको पानीबाहेक अब जम्मा हुने अवस्था नरहेको र आएजति पानी निकास हुनसक्ने भएकाले जोखिम नरहेको अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनपछि टोलीले नदी किनारका स्थानीयवासीलार्ई नआत्तिन तर सचेत भने रहन आग्रह गरेको छ ।

भौगोलिक विकटताका कारण अध्ययन टोलीले तालको पानीलाई तत्कालै बगाउने अवस्था नरहेको समेत बताएको छ । यस्तै अध्ययन टोलीले पानी जमेर बनेको तालको लम्बाइ ३५० मि र चौडाइ १२० मि साथै १५ मि गहिराइ रहेको जनाएको छ । तालमा अनुमानित छ लाख ३० हजार घनमिटर पानी जम्मा भएको हुनसक्ने अनुमान छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC