site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

इलाम, २९ असार । एक चौध वर्षीया किशोरीलाई अपहरण गरी बन्धक बनाएर बेचबिखन गरेको आरोपमा थुनामा रहेकी इलाम दानाबारी–१ कि एक युवतीलाई जिल्ला अदालतले छ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले किशोरीलाई बेचबिखन गर्ने साजन न्यौपाने भनिने ईश्वरी खत्रीलाई छ वर्ष कैद र रु एक लाख जरिवानाको सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।

Agni Group

खत्रीलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको १ नम्बरअनुसारको कसुर ठहर गर्दै मुलुकी ऐन, ३ नम्बर बमोजिम चार वर्षको कैद, रु एक लाख जरिवाना र ती किशोरीमाथि अन्य कसुर गरेको देखिएकाले मुलुकी ऐनको ९ नम्बर बमोजिम थप दुई वर्ष कैद र किशोरीका नाममा रु एक लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको भट्टराईले जानकारी दिए ।

विवाहको बहानामा बालिकालाई काठमाडौँतिर लगेर बन्धक बनाइराखेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC