site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गए पनि उनी कार्यरत त्रिवि शिक्षण अस्पताल प्रशासनले उपचारका लागि आवश्यक चासोसमेत देखाएको छैन । चिकित्सा शास्त्र शिक्षामा झांगिएका विकृतिविरुद्ध आन्दोलनरत प्रा.डा. केसी गत २६ गतेदेखि अनशन बसेका हुन् । मूलतः यही विषय उठाएर उनले यसअघि सात पटक अनशन गरिसकेका छन् । यसपटक प्रा. केसीको मागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अर्का एक जना आयुक्तलाई संसद्ले महाभियोग लगाएर हटाउनुपर्ने बुँदा पनि समावेश भएर हो कि सरकारले बढी नै उदासीनता प्रकट गरेको छ भने उनी कार्यरत शिक्षण अस्पताल प्रशासनले समेत असहिष्णु व्यवहार गरेको छ । उनलाई पहिले बस्ने गरेको अपेक्षाकृत फराकिलो स्थानमा अनशन बस्न दिइएन भने उपचारका सामान्य सुविधा पनि उपलब्ध गराउन प्रशासनले रोकेको बताइएको छ । 
 
राजनीतिक घटनाक्रममा तीव्र विकास भएका कारण यसै पनि उनको अनशन ओझेलमा परेको छ भने सरकार र शिक्षण अस्पताल प्रशासनले प्रा. केसीको बढी नै उपेक्षा गरेको देखियो । जनस्तरमा प्रा. केसीप्रति पहिलेजस्तै समर्थन र सद्भाव रहेको छ । उनका विद्यार्थी आफ्ना 'केसी सर'लाई अत्यन्त श्रद्धा र माया गर्छन् । यसैले नेपाल प्राध्यापक संघ, नेपाल मेडिकल एसोसिएसनजस्ता प्रा. केसीप्रति सरोकार राख्नुपर्ने संस्थाहरू रहस्यमयरूपमा मौन रहेका बेलामा पनि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरू उनको समर्थनमा खुलेर अगाडि सरेका छन् । यसैगरी चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थी आन्दोलनमा ओर्लिएका छन् ।  एकीकृतरूपमा आन्दोलनमा उत्रिएका विद्यार्थीले बुधबार हातमा कालोपट्टी बाँधेर पढेका थिए भने बिहीबारदेखि पठनपाठन रोक्ने निर्णय गरेका छन् । सत्याग्रहको पक्षमा उभिन पनि डराएका कथित नागरिक समाजका अगुवा, सम्बन्धित संगठनका हर्ताकर्ता, र राजनीतिक नेताका लागि विद्यार्थी तथा रेजिडेन्ट डाक्टरहरूको अग्रसरताले चुनौती उपस्थित गरेको छ । यस्तो अवस्थामा खुलेर बोल्नसमेत तर्सने हो भने तिनको औचित्यमै प्रश्न उठ्नेछ र नियतमा सन्देह हुनेछ ।
  
प्रा. केसीको अनशन प्रकरणमा यसपल्ट सबैभन्दा आपत्तिजनक र ग्लानिको विषय भने शिक्षण अस्पताल प्रशासनले बाहिरको निर्देशनमा डा. केसीको उपचारलगायतमा लगाएको रोक हो । डा. केसीको स्वास्थ्य बिग्रन थालेपछि चिन्तित रेजिडेन्ट डाक्टरहरूले परीक्षण र सामान्य उपचारको प्रबन्ध त गरेका छन् तर उनका सहकर्मीहरू भने तर्केर हिँड्ने  गरिरहेका छन् । अख्तियारको डरले आतंकित यी डाक्टरहरूले प्रा. केसीलाई उपचार सेवाबाट समेत वञ्चित गर्ने प्रशासनिक निर्देश मानेर चिकित्सा शास्त्र अध्ययन संस्थानको मात्र हैन स्वयं आफ्नै साखमा पनि नराम्ररी प्रहार गरे । नैतिकरूपमा यस्तो व्यवहारलाई छुद्र र कायरतापूर्ण हो । साथै, कुनै बिरामीलाई उपचार सेवाबाट अस्पताल स्वयंले वञ्चित गर्नु नैतिक र व्यावसायिक मूल्यका दृष्टिमा निन्दनीय कार्य मानिन् । अहिले सुषुप्तावस्थामा रहेको जनस्तरको समर्थन कुनैअनिष्ट भइहाल्यो भने विस्फोटकरूपमा प्रकट हुनसक्छ । यसैले सत्याग्रहमा समर्पित डाक्टर केसीको उपेक्षा धेरैका लागि महँगो साबित हुनसक्छ । बेला बितुन्जेल पर्खनेभन्दा समयको पदचाप सुनेर अघि लाग्नेहरू गन्तव्यमा पुग्छन् । 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  ०५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC