राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचदिनका लागि भारत प्रस्थान गरेका छन् । केहीबेरअघि उनी भारत प्रस्थान गरेका हुन् ।
इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन उनी नयाँ दिल्ली हुँदै गोवा पुग्नेछन् । उनले गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई आजै बेलुका सम्बोधन गर्ने उनका स्वकिय सचिव भानु देउवाले बताए ।
गोवामा रहँदा कांग्रेस सभापति देउवाले भाजपाका अध्यक्ष अमित साहसँग भेटवार्ता गर्नेछन् । गोवाको कार्यक्रम सकेर नयाँ दिल्ली फर्किएपछि सभापति देउवाले राजनीतिक भेटवार्ता थाल्नेछन् । श्रीमति आरजु देउवाका साथ नयाँ दिल्ली प्रस्थान गरेका देउवाले गोवाबाट फिर्ता भएपछि दिल्लीमा उच्च राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १०:०९
प्रतिक्रिया दिनुहोस्