खेल
काठमाडौं । नेपाली सिनियर राष्ट्रिय फुटबल टोली (यू–१६) उमेर समूह र आर्चरीका खेलाडीलाई गीताञ्जली कलेजले प्लस टुका लागि पूर्ण छात्रबृत्ति प्रदान गरेको छ ।
नयाँबजारस्थित कलेजको प्राङ्गणमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै कलेजले छात्रबृत्तिको घोषणा गरेको हो । खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष लामा टेन्डि शेर्पाले कलेजको जर्सी हस्तान्तरण गरे ।
सोही अवसरमा उपाध्यक्ष शेर्पाले नेपाल दक्षिण एसियाली क्षेत्रकै खेल संस्कृतिको धनि देश भएको बताए । गीताञ्जली कलेजले ठूलो संख्यामा खेलाडीहरुलाई पूर्ण छात्रबृत्ति उपलब्ध गराउनु खेल क्षेत्रका लागि महत्वपूर्ण कदम भएको बताए । त्यस्तै कलेजका प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाले शिक्षासँगै खेलकुद क्षेत्रलाई पनि कलेजले अगाडी बढाएको बताए ।
भानुजयन्तीको अवसरमा कलेजले फुटबलका १८ खेलाडी तथा आर्चरीका एक खेलाडी छात्रबृत्ति प्रदान गर्यो । सिनियर राष्ट्रिय टोलीका अन्जन विष्ट, प्रकाश बुढाथोकी, एलेन न्यौपाने र मानबहादुर तामाङले छात्रबृत्ति प्राप्त गरे । यू–१९ उमेर समूहका विश्वास श्रेष्ठ छन् ।
यू–१६ उमेर समूहका अनिल महर्जन, राजिव लामा, अशिम भूसाल, सेसाङ आङदेम्बा र कृष्णराज लामालाई दुई वर्षका लागि पूर्ण छात्रबृत्ति प्रदान गरेको कलेजका प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाले बताए ।
त्यस्तै आर्चरीका राष्ट्रिय खेलाडी सुनिता मोक्तानलाई पनि प्लस टुका लागि पूर्ण छात्रबृत्ति प्रदान गरेको अतिरिक्त क्रियाकलाप निर्देशक नवीन महर्जनले बताए ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७३ १८:५४
प्रतिक्रिया दिनुहोस्