site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । आउँदो पुससम्म साना र ठूला आधा दर्जन बढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रणालीमा १५४ मेगावाट बिजुली थप हुने भएको छ ।
 
चालु आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएका आयोजना भूकम्प र सीमा नाकावन्दीले अवरोध आई निर्माण प्रभावित भएपछि आउँदो पुससम्म सम्पन्न हुने ऊर्जा मन्त्रालयले जनाएको छ । यी सबै आयोजना निजी क्षेत्रबाट निर्माण भइरहेका छन् । मन्त्रालयका अनुसार चिनियाँ लगानीका मात्रै ७५ मेगावाट क्षमताका २ आयोजा सम्पन्न हुँदैछन् । दुबै आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धकहरुले जानकारी दिएका छन् ।
 
नाकावन्दीबाट ढिलाई भएका आयोजना मंसिर अन्तिममा सम्पन्न हुने भएका छन् । बाँकी अन्य आयोजना पनि आगामी आवभित्र सम्पन्न हुने देखिएको छ । सुख्खायाम सुरु हुनु अगावै १ सय ५४ मेगावाट बिजुली थप हुने ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए । भूकम्प र सीमा नाकावन्दीले गर्दा चालु आवमा सम्पन्न हुनुपर्ने आयोजना ६ महिना ढिलो भएको उनको भनाइ छ । उनका अनुसार भारतबाट समेत ६ सय मेगावाटसम्म बिजुली आयात गरेर सुख्खायामको लोडसेडिङ न्यून गर्ने सरकारको तयारी छ । 
 
नेपाल र चिनियाँ संयुक्त लगानीमा सिनो सगरमाथा हाइड्रोपावर कम्पनीद्वारा निर्माणधिन ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए, चीनकै चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई) ले निर्माण गरिरहेको २५ मेगावाटको मादी आयोजना सम्पन्न हुँदैछन् । माथिल्लो मस्र्याङदीमा सिनोको ९० र चितवन कोई समूहको १० प्रतिशत लगानी छ । 
 
यस्तै स्वदेशी लगानीमा अरुण कावेली पावर लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको कावेली बी १, पाँचथर पावर कम्पनीको १५ मेगावाटको हेवा ए, कालिका पावरले निर्माण गरिरहेको ५ मेगावाटको दरौदीखोला र १० मेगावाटको सिकलेस आयोजनालगायत छन् । ५० मेगावाटको माथिल्लो मस्र्याङदी ढिलोमा असोजसम्म सम्पन्न हुने प्रवद्र्धक कम्पनीले जनाएको छ ।
 
आगामी वर्ष आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्न स्वदेशी र भारतबाट समेत गरि सुख्खायाममा १ हजार ६७ मेगावाट बिजुली आपूर्ति गर्ने लक्ष्य लिएको छ । सुख्खायमामा माग बढेर १ हजार ४ सय २३ मेगावाट पुग्ने र आपूर्ति १ हजार ६७ मेगावाट हुँदा प्रणालीमा २ सय ५६ मेगावाट अपुग हुन गई आगामी माग, फागुन र चैतमा बढीमा ४ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिएको छ ।
 
३४.५ मेगावाट बिजुली उत्पादन थप
 
चालु आर्थिक वर्षमा स्वदेशी लगानीका ७ साना आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा ३४.५ मेगावाट बिजुली उत्पादन थप भएको छ । यो समेत गरी विद्युत् उत्पादन ८ सय ६० मेगावाट पुगेको छ । चालु आवमा अपि पावर लिमिटेडको साढे ८ मेगावाटको नौगाड आयोजना, कुथेली बुखरी साना जलविद्युत्को १ मेगावाटको सुस्पाबुखरी, सानीमा माई हाइड्रोपावर लिमिटेडले ७ मेगावाटको माईक्यासकेड, छ्यान्दी हाइड्रोपावरले २ मेगावाटको छ्यान्दी, १० मेगावाटको माथिलो माईखोला, खानीखोला हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको टोङगन ठोस्ने र २ मेगावाटको खानीखोला आयोजना सम्पन्न भएको विद्युत् विकास विभागले जानाएको छ ।
 
यी आयोजना स्वदेशी लगानीमा नेपाली प्रवद्र्धकले बनाएका हुने । देशमा ८० देखि १०० मेगावाटका दरले माग बढ्ने र सोही अनुसार उत्पादन नभएपछि वर्षेनी विद्युत्भार कटौती (लोडसेडिङ) बढ्दै गएको छ । आगामी आर्थिक वर्षमा भारतबाट थप बिजुली आयात गरेर लोडसेडिङ आधारभूत रुपमा हटाउने सरकारको तयारी छ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC