site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘स्पोर्टस अवार्ड’को मनोनयन सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक गरेको छ । बुधबार पत्रकारसम्मेलनको आयोजना गर्दै मञ्चले चार विधाका लागि मनोनयन सार्वजनिक गरेको हो ।
 
अवार्डका लागि हरेक विधामा पाँच/पाँच खेलाडी मनोनयनमा परेका छन् । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा गठित सात जनाको समितिले गत वर्ष अर्थात् विसं २०७२ भरि विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र देशलाई सफलता दिलाउने खेलाडीलाई अवार्डका लागि योग्य ठहर गर्दै मनोनयन गरेको बताइएको छ । जसअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथू, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरा छन् । 
 
त्यस्तै उत्कृष्ट महिला खेलाडीतर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी निमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की रहेका छन् । 
 
त्यसैगरी क्रिकेटका सन्दीप लामिछाने, फुटबलका अन्जन विष्ट, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ प्रधान, उसुकी निमा घर्ती मगर उत्कृष्ट युवा खेलाडीका लागि मनोयनमा परेका छन् । साथै वर्षको उत्कृष्ट प्रशिक्षकमा फुटबलका बालगोपाल महर्जन र राजुकाजी शाक्य, क्रिकेटका जगत टमाटा, उसुका प्रकाश महर्जन र जुडोका दलबहादुर गुरुङ छनोट हुन सफल भए । 
 
यीबाहेक अन्य चार विधामा गरी यो वर्ष जम्मा आठ विधामा पुरस्कार दिइनेछ । ‘पिपुल्स च्वाइस अवार्ड’का लागि यसअघि नै पाँच खेलाडी मनोनयनमा परिसकेका थिए । दर्शकको ‘एसएमएस’ मतका आधारमा हुने यस विधामा फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी प्रतिभा माली, टेबलटेनिसकी नविता श्रेष्ठ र भारोत्तोलनकी तारादेवी पुन मनोनयनमा परिसकेका छन् । अन्य विधामा उत्कृष्ट पाराएथलेटिक, स्पेसल अवार्ड र ‘लाइभ टाइम अचिभमेन्ट’ अवार्ड छन् । यी तीन विधामा अवार्ड प्रदान गरिने दिन सोझै निर्णय गरिनेछ । 
 
विभिन्न विधाका मनोनयनमा परेका मध्ये फुटबलका नवयुग, क्रिकेटका सन्दीप र उसुकी निमा दुई विधामा समावेश छन् । यीमध्ये वर्षका सर्वोत्कृष्ट पुरुष, महिला र ‘पिपुल्स च्वाइस’ विधाका एक÷एक खेलाडीले जनही पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्यले जनही रु ५० हजार पाउनेछन् । अवार्ड आगामी साउन ६ गते यहाँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रदान गरिने कार्यक्रम छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC