site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उपभोक्ताको माग अनुरूप सेवा बिस्तार गर्ने एनसेलको लक्ष्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं दूरसञ्चार प्रदायक कम्पनी एनसेलले देशका सबै भूभागमा सेवा विस्तारलाई तीव्रता दिएको बताएको छ  । यो सँगै एनसेलले डाटा प्याक लगायतका सुविधालाई थप परिस्कृत बनाउने लक्ष्य लिएको बताएको छ । 
 
यसअघि उपभोक्ताका आवश्यकतालाई विशेष प्राथमिकतामा राख्दै कम्पनीले भोल्युम बेस्ड दैनिक, साप्ताहिक, मासिक लगायतका प्याकहरू प्रदान गर्दै आइरहेको थियो ।   यो योजना अन्तर्गत उपभोक्ताले ३५ रुपैयाँमा ५० एमबी भोल्युम भएको साप्ताहिक प्याक लिन सक्छन् ।  
 
त्यस्तै एनसेलको नेटवर्कमा ग्राहकहरुले प्रति एमबी शुल्क १० पैसा सम्मका रात्रिकालिन प्याकहरु पनि चलाउन सक्छन् । डाटा प्याकको अवधारणाका कारण अहिले उपभोक्ताले आफ्नो आवश्यकता अनुसार  फरक फरक प्याकहरु खरिद गरी उपयोग गरिरहेको एनसेलको दाबी छ । 
 
यसैगरी एनसेलले फेसबुक मात्र चलाउने ग्राहकहरुका लागि फेसबुक प्याकपनि उपलब्ध गराउँदै आएको छ । कम्पनीले सन् २०१३ मा प्रति एमबी ५० पैसामा यो प्याक उपलब्ध गराउन शुरु गरेको थियो । अहिले यो शुल्क घटाएर प्रति एमबी शुल्क १२ पैसाा पु¥याइएको छ ।  फेसबुक प्याक अन्र्तगतको डाटा चलाई सकेपछि ग्राहकले प्याकको समयावधि बाँकी रहुन्जेल मात्र ९९ पैसा प्रति एमबिमा फेसबुक चलाउन सक्ने कम्पनीको दाबी छ । 
 
अन्य उपकरणका लागि पनि छट्टै ब्यवस्था
एनसेलको डाटा सेवा मोबाईल प्रयोगकर्तामा मात्र सीमित छैन । मोबाइल बाहेक डेस्कटप कम्प्युटर र ल्यापटपमा पनि ईन्टरनेट सुविका कम्पनीले उपलब्ध गराउँदै आएको छ । कम्पनीले यस्ता उपभोक्ताका लागि युएसबी डोङ्गल मार्फत एनसेल कनेक्ट सेवा प्रदान गर्दै आइरहेको छ । 
 
यसैगरी कम्पनीले सन् २०१५देखि काठमाडौंमा २१ एमबि प्रतिसेकेन्डसम्मको उच्च गतिमा ईन्टरनेट सेवा प्रदान गरिरहेको छ । काठमाडौं लगत्तै कम्पनीले सगरमाथा क्षेत्रमा पनि २१ एमबी प्रति सेकेन्ड सम्मको उच्च गतिको डाटा सेवा संचालनमा ल्याइ सकेको छ । 
 
फोरजी सेवाको पनि तयारी
नेपाली उपभोक्तालाई उच्चतम सेवा उपलब्ध गराउन एनसेल सँधै तत्पर रहेको छ । समयसँगै आफ्नो प्रविधिलाई परिस्कृत गर्ने सोचका साथ एनसेलले नेपालफोरजी सेवा संचालन गर्नका लागि सरकारसँग अनुमतिपनि मागिसकेको जानकारी कम्पनीले दिएको छ । केही वर्ष अघिनै सरकारसंग अनुमति मागिएको भएतापनि सेवा सुचारु गर्नका लागि कम्पनी सरकारका तर्फबाट  सकारात्मक जवाफको प्रतिक्षामा रहेको जानकारी दिइएको छ 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC