विदेश
फार्नबोरो । यो वर्ष विश्वकै उत्कृष्ट विमान सेवा कम्पनीमा इमिरेट्स घोषित भएको छ । स्काइट्राक्सले लाखौं यात्रुमाझ गरेको सर्भेमा इमिरेट्स उत्कृष्ट भएको हो ।
दुबईमा रहेको अन्तरर्राष्ट्रिय विमान सेवा कम्पनीले मंगलबार बेलायतको फार्नबोरो इन्टरनेसनल एयरशोमा आयोजना भएको पुरस्कार समारोहमा यो सम्मान पाएको हो ।
सर्भेले विश्वका उत्कृष्ट मानिदै आएका विमान सेवा कम्पनीले उपलव्ध गराउने गुणस्तरिय सेवाको निरन्तरताको विषयलाई महत्व दिएको स्काइट्राक्सका सीईओ एडवार्ड प्लेस्टेडले बताए ।
“मध्यपूर्वी मुलुकबाट सञ्चालन हुँदै आएको यो विमान सेवा कम्पनी लगातार उत्कृष्ट हुँदै आएको छ,” समारोहपछि प्लेस्टेडले बताए ।
यात्रु पक्षलाई आधार मानेर हेर्ने हो भने उत्तर अमेरिकी महादेशमा भर्जिन अमेरिका लगातार उत्कृष्ट हुँदै आएको छ । टर्किस एयरलाइन्स बढी रुचाइनेमा परेको छ ।
यी हुन् विश्वका १० उत्कृष्ट विमान सेवा कम्पनीहरु
१.इमिरेट्स
२.कतार एयरवेज
३. सिंगापुर एयरलायन्स
४. क्याथी प्यासिफिक
५.एएनए अल निप्पोन एयरवेज
६. इत्तीहाद एयरवेज
७. टर्किय एयरलायन्स
८.इभा एयर
९. क्वानटास एयरवेज
१०. लुफ्थान्सा
एजेन्सी
प्रकाशित मिति: बुधबार, असार २९, २०७३ १५:५४
प्रतिक्रिया दिनुहोस्