site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालमा कहाँ–कहाँ जाँदैछन् राष्ट्रपति मुखर्जी ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तिन दिने नेपाल भ्रमणका लागि आज मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्या भण्डारीले मुखर्जीलाई स्वागत गर्नेछिन् । त्यसपछि मुखर्जी विमानस्थलबाट सिधै शितलनिवास पुग्नेछन् । शितल निवासमा दुई देशका राष्ट्रपतिबीच शिष्टाचार भेटघाट हुनेछ ।
शितलनिवासबाट मुखर्जी लैनचौरस्थित भारतीय दुतावास पुग्नेछन् । उनी भारतीय दुतावासमा कर्मचारीसँग भेटघाट तथा निरिक्षणपछि होटल ह्यातमा जाने कार्यक्रम तय भएको छ ।
ह्यातमा उनले उच्चस्तरिय भेटवार्ता गर्नेछन् ।  राष्ट्रपति भण्डारीले मुखर्जीको स्वागतमा बेलुका होटल सोल्टिमा रात्रीभोजको आयोजना गरेकी छन् ।
प्रधानमन्त्रीसहित मन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुख, उच्च पदस्थ अधिकारी लगायतको सहभागिता रहनेछ ।  भारतीय राष्ट्रपति मुखर्जी बिहीबार बिहान पशुपतिमा विशेष पुजाका लागि जानेछन् । उनले पशुपतिनाथमा आधाघण्टा विशेष पुजा गर्ने बताइएको छ ।
त्यसपछि उनी नेपाली सेनाको मुख्यालयमा काठमाडौं युनिभर्सिटीले गरेको कार्यक्रममा सहभागी हुनेछन् । बिहीबार दिउँसो नै काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुनेछन् । होटलमा फर्किएपछि उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।  उनी शुक्रबार बिहान जनकपुर जानेछन् । जानकी मन्दिरको दर्शनपछि उनलाई नागरिक अभिनन्दन गरिनेछ । उनी त्यहाँबाट सिधै पोखरा जानेछन् । पोखरामा भारतीय सैनिक क्याम्पमा भुपु भारतीय सेना तथा उनीहरुका परिवारसँग भेटवार्ता गर्नेछन् । उनी पोखराबाट काठमाडौं फर्किएर नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC