site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा गिरावट कायमै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकार परिवर्तनको समाचारसँगै बुधवार पनि सेयर बजारमा गति आउन सकेन । मंगलबार सेयर बजारमा ९.२ अंक सम्मको गिरावटलाई निरन्तरता दिँदै बुधबार बजारमा २.९ अंकको गिरावट आएको छ । 
 
कारोबारको समयसम्म बजारमा सेयर खरिद विक्रीले निकै उतार चढाव व्यहोर्नु परेको थियो । बैंक, विकास बैंक, हाइडो पावर, वित्त र विमा क्षेत्रको कारोबारमा गिरावट आएपछि बजारमा गति आउन सकेन । बजार घटदो अवस्थामा भए पनि मिथिला लघुवित्त, बोटलर्स नेपाल (तराई), एनआइडिसी क्यापिटल, माछापुच्छ्रे बैंक सिद्धार्थ बैंक लगायतका कम्पनीहरुको सेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि रहेको छ । 
 
बुधबार दिनभरीको कारोबारमा नेप्से परिसूचकमा ०.१६ प्रतिशतको गिरावट आएर १६९०.४३ अंक कायम भएको छ । मंगलबार नेप्से १६९३.०७ कायम भएको छ । यसै गरी प्राथमिकता प्राप्त सेयरहरुको समूह परिसूचकमा पनि ०.३४ प्रतिशतले गिरावट आएर ३६३.७३ कायम भएको छ ।
 
समूहगत सूचकांक तर्फ बैंकिंग १५४७.६४, होटल २०२०.२६, विकास बैंक १७४३.७७, हाइडो पावर २६२६.४३, वित्त ८२९.८१, विमा ८६८४.९६, उत्पादन २५५०.८३ र अन्य ८१६.१६ कायम रह्यो । यी सबै समूहमध्ये बैंकिंग ०.२६, विकास बैंक ०.६५, हाइडो पावर ०.२५, वित्त ०.९६, विमा १.०२ प्रतिशतले घटेका थिए भने, होटल १.९७, उत्पादन १.३५ र अन्य २.७७ प्रतिशतले बढेका थिए । 
 
बुधबार १४३ कम्पनीका १९ लाख ६६ हजार ७०४ कित्ता सेयर ४ हजार ४४६ पटक खरिद बिक्री हुँदा कुल कारोबार १ अर्व ९ करोड ७० लाख ९१ हजार रुपैयाँ बराबरको भएको थियो ।
 
कमाउने कम्पनीहरुमा मिथिला लघुवित्त २७६१, बोटलर्स नेपाल (तराई) ५४८६, एनआइडिसी क्यापिटल मार्केट ७०६, माछापुच्छे बैंक ६१९, र मिशन डिभलपमेन्ट बैंक ६३२ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गुमाउने कम्पनीहरुमा पोखरा फाइनान्स १५३, माउण्ट मकालु विकास बैंक १२१४, विजय लघुवित्त १८०० र जेविल्स फाइनान्स २६५ रुपैयाँ प्रति कित्तामा कारोबार भएको थियो ।
 
बढी कारोबार भएका प्रमुख कम्पनीहरुमा तारागाउँ रिजेन्सी होटलको १८ करोड ४९ लाख ७१ हजार, जनता बैंकको ६ करोड २७ लाख ३१ हजार, शिखर इन्स्योरेन्स ३ करोड ५० लाख ४६ हजार, एभरेष्ट बैंकको ३ करोड ४८ लाख १ हजार, र सिटिजन बैंक प्रमोटर सेयर ३ करोड १७ लाख ४८ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो ।
 
त्यस्तै प्रकारले कारोबारको मुख्य क्षेत्र बाणिज्य बैंक समूहमा ३७ करोड ६० लाख ३ हजार, विमा समूहमा १९ करोड ९६ लाख २९ हजार, विकास बैंक समूहमा १६ करोड ५ लाख १५ हजार, होटलमा १८ करोड ८० लाख ४८ हजार र प्रमोटर सेयर ७ करोड ६२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
कारोबार भएका प्रमुख सेयरहरुको मूल्य  तारागाउँ रिजेन्सी होटलको २५६,  जनता बैंकको ४४५, शिखर इन्स्योरेन्सको ३२४०, एभरेष्ट बैंकको ३३४९ र सिटिजन बैंक प्रमोटर सेयरको ३२३ रुपैयाँ प्रति कित्तामा कारोबार भएको थियो ।
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC