बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संविधानले तोकेको समयभित्रै निर्वाचन हुन्छः सभापति देउवा
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, कात्तिक १५, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।  
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गरे ।  
प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै सभापति देउवाले भने, “संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली कांग्रेसले पूरा गर्छ ।” 
उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताउँदै एमालेलगायतका दलले काँग्रेसको बारेमा छरेको भ्रम मेटाउन कांग्रेस लाग्नुपर्ने बताए ।  
देशको सम्बृद्धिका लागि सबै निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै उनले निर्वाचनको तयारीमा जुट्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।  
कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको परराष्ट्र नीतिमा कुनै कमजोरी नगरेको स्पष्ट पार्दै विगतका सरकारले गरेका सन्धि र सम्झौतालाई कार्यान्वयन गर्न तयार रहेको बताए । रासस 
Nepal Investment bank
Nepal Investment bank
सोमबार, कात्तिक १५, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्