site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ सरकार, कागलाई बेल पाक्यो हर्ष न विस्मात : नयाँ शक्ति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नयाँ शक्ति नेपालले नयाँ सरकार कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको टिप्पणी गरेको छ । अस्थिरताको यो अवस्था नयाँ संविधानमा अवलम्बन गरिएको असफलसिद्ध संसदीय प्रणालीको ताजा परिणाम भएको पनि उसले जनाएको छ । 
 
नया शक्तिले बुधबार जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ, “संविधानको कार्यान्वयनका लागि मधेस, थारु, जनजातिलगायतका मागहरुको सम्बोधन गर्न नसक्नु, भूकम्पपीडितहरूप्रति संवेदनहिनता प्रदर्शन गर्नु, कालाबजारी, महंगी र अभावलाई नियन्त्रण गर्न नसक्नु र भूराजनीतिक अवस्थितिका आधारमा अन्तराष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्न नसक्नु जस्ता कारणले सरकार आफैँमा असफल छँदै थियो, त्यसमाथि सत्तारुढ गठबन्धनभित्रै बेमेल बढ्नुको परिणाम ओली सरकार संकटमा पर्नु र कांग्रेस माओवादी गठबन्धनको सरकार बन्ने अवस्था देखिएको छ ।”
 
नयाँ शक्तिले अब मुद्दाकेन्द्रित गठबन्धनभन्दा पनि कुर्सीकेन्द्रित गठबन्धन बन्ने र भत्कने प्रक्रियामा गुज्रेका कारण आम जनताका निम्ति यो परिघटना कागलाई बेल पाक्यो हर्ष न विस्मातबाहेक केही भएको बताएको हो । “जतिसुकै नयाँ गठबन्धन बने पनि जनताका सरोकार समाधान हुने परपर्दो आधार देखाउन सकेका छैनन्,” उसले विज्ञप्तिमा जोड दिएको छ । 
 
“राजनीतिक संक्रमणको यो गम्भीर मोडमा नेपाली राजनीतिको स्थायित्व र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, संविधानको स्वीकार्यतासहित जनताका पक्षमा संविधानको प्रभावकारी कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र जनताले भोगेका दैनिक जीवनका समस्याको समाधानको दिशामा केन्द्रित हुन सम्बन्धित पक्ष सरोकारवाला र आम जनसमुदायमा नयाँ शक्ति नेपाल हार्दिक अपिल गर्दछ” प्रवक्त खिमलाल देवकोटाद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC