site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अपांगता अधिकार विधेयक तत्काल पारित गर्न आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । राष्ट्रिय अपांग महासंघ नेपालले अपांगता अधिकार ऐन २०७२ को विधेयक तत्काल पारित गर्न आग्रह गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले संविधानमा उल्लेख भएको अधिकार कार्यान्वयनका लागि अपांगता अधिकार ऐन २०७२ को विधेयक तत्काल पारित गर्न आग्रह गरेको हो । 
 
“नागरिकका अधिकार संविधानमा सम्बोधन भएर मात्र हुँदैन । ती अधिकारलाई कार्यान्वयन गर्न ऐन, नियमावली, नीति, नियम र  निर्देशिका बन्नु जरुरी हुन आउँछ,” पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ, “नेपालमा अपांगता भएका नागरिकका लागि बनेका कानुन दयामा आधारित भएर निर्माण भएको हुँदा अपांगता भएका नागरिकले जुन रूपमा अधिकार प्राप्त गर्नुपर्ने हो, सो रूपमा अधिकार प्राप्त गर्न नसकेको हामीलाई महसुस भएको छ ।”
 
सरकारका तर्फबाट अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी २००६ लाई कार्यान्वयन गर्न, गराउन र कानुनलाई समयानुकूल बनाउनुपर्छ भनी लामो समयदेखि अपांगता जगतले वकालत गर्दै आए पनि त्यसको सुनुवाइ भने नभएको विज्ञप्तिमा उल्लेख छ । 
 
पाँच पटकसम्म अपांगतासम्बन्धी ऐन पुनर्लेखन गरिए पनि संसद्बाट पास हुन नसकेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय छैटौंपटक पुनः अर्को कार्यदल बनाई ऐन निर्माण गर्ने काम अगाडि बढी सबै प्रक्रिया पूरा गरी अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७२ को विधेयक संसद्मा दर्ता भएको ६ महिनापछि टेबुल भयो । तर, यो विधेयक पारित हुन ढिलाइ भएको कारण अपांगता क्षेत्रका थुप्रै अधिकारहरू कार्यान्वयनमा ढिलाइ भएको छ ।” संवेदनशिलता र गाम्भिर्यतालाई बुझेर विधेक तत्काल पारित होस् भन्दै संसद् र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई छिटो पारित गर्न महासंघले अनुरोध गरेको छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC