site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेताहरूलाई सिस्नुपानी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । द्यौसी–भैलोमार्फत व्यंग्य गर्न यसपाली पनि सिस्नुपानीले छोडेन । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र सिस्नुपानीले संयुक्त रूपमा प्रशासकदेखि राजनीतिज्ञसम्मलाई हास्यव्यंग्य सिस्नुपानी लगाएको हो । 
तिहारको सांस्कृतिक पक्षको जगेर्ना गर्न र व्यंग्यमार्फत सामाजिक खबरदारी गर्न सिस्नुपानीले वर्षेनी द्यौसी– भैलोको आयोजना गर्ने गर्छ ।
सिस्नुपानीले यसपटक पनि वर्षभरी भएका राजनीतिक–सामाजिक घटनाको सफेद व्यंग्य गरेको थियो । 
लोकमान प्रकरणदेखि प्रधानमन्त्री बदलीसम्मका घटनाक्रमलाई सांगीतिक ढंगले चित्रित गरिएको प्रस्तुति सुन्न सयौंको उपस्थिति थियो । 
तीक्ष्ण व्यंग्य प्रहार गर्दा नेताहरू रातोपीरो भए भने व्यंग्य सुनेर प्रेक्षालयमा उपस्थिति दर्शक पेट मिचिमिचि हाँस्न बाध्य भए ।
कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत  विभिन्न पार्टीका शीर्षस्थ नेता, सभासद, उच्च पदस्थ कर्मचारी, सेना, प्रहरीका प्रमुख, उच्च अधिकारीहरुको उपस्थिति थियो ।
त्यस्तै कार्यक्रमको आकर्षण बनेका थिए, कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेल ‘धुर्मुस’ ।
गजुरेल र धुर्मुसले दाहाल र केपी ओलीको ‘क्यारिकेचर’ गर्दा दाहाल र ओली मुसुमुसु हाँसिरहेका थिए ।
शीर्ष नेतृत्वहरू एक आपसमा नमिली देश विकास नहुने र राजनीतिक समस्याको निराकरण नहुने उनीहरूको सन्देश थियो ।
यस्तै सिस्नुपानीले एकीकृत बस्ती बनाउने कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायधीश सुशीला कार्की, भारतीय पक्षले लगाएको बाँध भत्काउने तिलाठीका देवनारायण यादवलगायतलाई धन्यवादसमेत दिएका थिए । 
शताव्दी पुरुषद्वय राष्ट्रकवि माधव घिमिरे र संस्कृतिविद् सत्यमोहन जोसीले पनि कार्यक्रमको गरिमा बढाएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC