site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकमानसँगै सबै क्षेत्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्छ : भट्टराई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
हङकङ । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्ने बताएका छन् ।
आइतबार बिहान हङकङमा आयोजित अन्तरक्रियामा संयोजक भट्टराईले अख्तियारले छानबिन गरेको दलका नेताहरुको भ्रष्टाचारको मुद्दा पनि अगाडि बढाइनुपर्ने बताए । अख्तियार प्रमुख लोकमान सिंह कार्की प्रकरणको बारेमा चर्चा गर्दै उनले एउटा चोर देखाएर हजार चोर उम्कन नमिल्ने धारणा राख्ने ।
 ‘लोकमानलाई पनि म ठिक भन्दिनँ, यसबारेमा सार्वभौम संसदले प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘तर चोरैचोरको बीचमा एउटा चोरलाई देखाएर हजार चोरहरु उम्कनु भएन ।’ उनले अख्तियारले अगाडि बढाएको भ्रष्टाचारको मुद्दालाई पनि अगाडि बढाउनुपर्ने र लोकमानसँगै पार्टीभित्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्नेमा जोड दिए । 
संयोजक भट्टराईले अख्तियारजस्तो उच्च संवैधानिक निकायमा दलहरुले भाग लगाएको प्रतिनिधि पठाउन नहुने धारणा राखे । उनले नेपालको राजनीति भ्रष्टाचारको अखडा बनेको भन्दै यसलाई नरोकी समृद्धि हुन नसक्ने बताए । 
‘चुहिएको भाँडोमा पानी हालेर भाँडो नभरिएजस्तै देश धनी भएर मात्र जनता धनी हुँदैनन्,’ उनले भने, ‘राजनीति भ्रष्टाचारको अखडा भयो, व्यवसायमा असफल भएर राजनीतिमा लाग्नेहरु बढे, कुनै लगानी र जोखिमबिना चाकरी गरेर रातारात नेता बन्ने र चप्पल लगाएर राजनीतिमा छिरेका मान्छे रातारात अरबपति बन्ने अवस्था सिर्जना भयो ।’
उनले राजनीतिलाई जनताको सेवा गर्ने संस्था बनाउनुपर्ने भन्दै नयाँ शक्तिले पार्टीभित्रको भ्रष्टाचार रोक्न स्वतन्त्र अनुशासन आयोग र अधिकारसम्पन्न लोकपाल बनाउन लागेको बताए । ‘हामीले सर्वोच्चका अवकाशप्राप्त न्यायाधिसको नेतृत्वमा स्वतन्त्र र शक्तिशाली लोकपाल बनाउँदैछौं, यो छिट्टै घोषणा गर्ने छौं,’ उनले स्पष्ट पारे ।
झुकेर र भुकेर स्वाधीनता बच्दैन
पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले दुई ठूला छिमेकीसँग झुकेर र भुकेर भन्दा सन्तुलित सम्बन्ध बनाएर लाभ लिन सकिने धारणा राखे । ‘हामी झुक्ने पनि होइन, भुक्ने पनि होइन,’ उनले भने, ‘हाम्रो पुर्खाले तोपकोविरुद्ध खुकुरी नचाएर बचाएको देशको स्वाधिनता बचाउन सक्नुपर्छ ।’ उनले नेपाल दुई ढुंगाबीचको तरुल नभएर दुई सागरबीचको गतिशील पुल हुनुपर्नेमा जोड दिए ।
 ‘चीनले सडक विस्तार गर्नुका पछाडि बजार बिस्तार गर्ने स्वार्थ होला,’ उनले भने, ‘तर हामीले पनि यसबाट फाइदा लिनसक्छौं । यी दुई विशाल बजारलाई जोडेर, यहाँका ठूला लगानी कर्ता भित्र्याउन सके, नेपालले पनि हङकङले जस्तै विकास गर्न सक्छ ।’
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC