site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अस्ट्रेलियन सांसद् भन्छिन्– नेपाल हेरेर थाकिनँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल भ्रमणमा आएकी साउथ अस्ट्रेलियन सांसद् जिङ् लीले नेपाल हेरेर नथाकेको प्रतिक्रिया दिएकी छन् । आठ दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “नेपाल वास्तवमै स्वर्ग रहेछ, ‘वन्स इज नट इनफ’ ।”
उनले नेपालको विकासमा साउथ अस्ट्रेलिया सहयोगी बन्न आतुर रहेको बताउँदै उनले स्वदेश फर्किएर संसदमा यो कुरा उठाउनेसमेत बताइन् ।
“अस्ट्रेलियामा पनि उल्लेख्य नेपाली समुदाय हुनुहुन्छ, उहाँहरूको कुरा पनि म सुन्थेँ, भूकम्पले नेपाल क्षत विक्षत भयो होला भन्ठानेको थिएँ, तर यहाँका संरचना दुरुस्त रहेछन्, त्यसैले यहाँको पर्यटन प्रवद्र्धनमा साउथ अस्ट्रेलियाले पनि भूमिका खेल्छ,” उनको आसय थियो ।
भूकम्पपछिको पुनर्निर्माण, यहाँको पर्यटन प्रवद्र्धन, द्विपक्षीय व्यापार विस्तारका लागि साउथ अस्ट्रेलियन सांसद र उद्योगी व्यवसायीको टोली नेपाल आएको हो । टोलीले पोखरा, चितवन, काठमाडौंको भ्रमण गरेको साउथ अस्ट्रेलियाका अवैतनिक दूत दीपक धमलाले जानकारी दिए ।
भूकम्पलगत्तै सांसद् लिले प्रधानमन्त्री राहत कोशमा रकम पठाइ नेपालको पुनर्निर्माण गर्न हात बढाएको बताउँदै अरु के–के विषयमा सहयोग पु¥याउन सकिन्छ भनेर टोली नेपाल भ्रमणमा आएको भ्रमणमा संयोजन गरेका गैरआवासीय नेपाली संघ साउथ अस्ट्रेलियाका सचिव नवीन पन्तले जानकारी दिए ।
“जिङ ली पहिलादेखि नै नेपाली समूदायसँग नजिक हुनुहुन्थ्यो, साथै यहाँको विकासबारे चिन्तित पनि हुनुहुन्थ्यो, त्यसैले नेपाल भ्रमणमा आउनु भएको हो,” उनको भनाइ थियो ।
टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन मन्त्रीलगायत मन्त्रालयका पदाधिकारी र सांसदहरूसँग पनि भेटघाट गरेको थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC