बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रियताको सङ्कट दलबीचको एकताबाट पार लगाउनुपर्छःरावल
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक १२, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । दसैं, तिहार, नेपाल संवत्, छठ, ल्होसार लगायत चाडपर्वका अवसरमा नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी, क्षेत्र नं ९ काठमाडौंको आयोजनामा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोहमा एमालेका उपाध्यक्ष भीमबहादुर रावल सहभागी भए । 
उक्त अवसरमा नेता रावलले देशको राष्ट्रियता अहिले गम्भीर सङ्कटमा रहेकाले यी चाडपर्वले सबै दलबीच एकता कायम गराई सङ्कटबाट देशलाई पार लगाउन सकोस् भन्ने कामना गरे ।  
कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य वेदुराम भुसाल, सभासद् जेबी टुहुरे लगायत निर्वाचन क्षेत्रका गाउँ तथा वडाबाट कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको कमिटीका अध्यक्ष नवराज भट्टले जानकारी दिए ।  रासस 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक १२, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्