site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेस्सीका कारण नेयमार बार्सिलोनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । ब्राजिलका स्ट्राइकर नेयमार स्पेनिस च्याम्पिन क्लब बार्सिलोनामा आबद्ध हुनु अजेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी मुख्य कारण भएको नेयमारका बुवाले बताएका छन् । नेयमारको बुवा नेयमार सान्तोस सिनियरले कोप पत्रिकासँगको कुराकानीमा आफ्नो छोरा बार्सिलोनामा रहनुको कारण पाँच पटकको बालोन डि’ओर विजेता ‘आइडियल’ मेस्सी रहेको बताएका हुन् ।
“मेस्सी नेयमारका ‘आइडल’ हुन् र उसँग खेल्नु उसको लागि सुखद पक्ष हो,“नेयमार सान्तोसले भने, “मेस्सीसँग खेल्न पाउँदा उ दङ्ग छ । जसको कारण उ बार्सिलोनामा रहेका छन् । “मेस्सी सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोना आएका थिए । नेयमार आएपछि बार्सिलोनाले दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ ।
त्यस्तै नेयमारका बुबाले मेस्सी, क्रिष्टियानो रोनाल्डो जस्ता खेलाडी नभएको भए नेयमार जस्ता खेलाडी नआउने बताए । उनले भनेका छन्, “मेस्सी र रोनाल्डो नजन्मिएको भए नेयमार जस्ता खेलाडी आउने थिएनन् । पेले र म्याराडोनाको प्रभावले गर्दा अन्य खेलाडी जन्मिए जस्तो । “नेमायरलाई त्यसबेला बार्सिलोनाले सन् २०२१ सम्मका लागि अनुबन्ध गरेको थियो । 
यस्तै नेयमारका बुबाले यसपालिको बालोन डि’ओरको उपाधि मेस्सीले जित्ने बताए । उनले भने, “बालोन डि’ओरको उपाधि मेस्सीले जित्नेछन् । यस पटकको बालोन डि’ओरको प्रारम्भिक सूचीमा मेस्सी रोनाल्डोसँगै नेयमार पनि परेका छन् ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC