site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । ३ अप्रिल २०१५ मा ३६ वर्षिया मलेसियन नागरिक बिन्टीजमलादेन कोकिनसहित काठमाडौंबाट पक्राउ परिन् । ब्राजिलबाट कोकिन बोकेर उनी कतारको दोहा विमानस्थल हुँदै काठमाडौं आएकी थिइन् । उनी काठमाडौं आइपुग्दासम्म कहाँ बस्ने  र कसलाई भेट्ने भन्नेबारेमा केही जानकारी थिएन । 
 
ब्राजिलबाट कोकिन भिडाउने तस्करले उनलाई भनेको थियो, ‘नेपालको विमानस्थल जाऊ । त्यहाँ सिम कार्ड किन्न पाइन्छ । अनि यो नम्बरमा फोन डायल गर, तर कुरा नगर ।’ 
उनले त्रिभुवन विमानस्थमा उत्रेर सिम कार्ड किनिन् र ब्राजिलमा भएको तस्करलाई फोन डायल गरिन् । अनिमात्र उनलाई थाहा भयो आफू कहाँ बस्ने भन्नेबारेमा ।  
 
उनको नाममा लाजिम्पाटस्थित एक हाउजिङको कोठा भारतको बम्बईबाट बुकिङ गरिएको थियो । ब्राजिलबाट बम्बई र बम्बईबाट नेपालमा कोठा बुकिङ गरिएको प्रहरी अनुसन्धानबाट खुल्यो । 
 
२४ मार्च २०१६ मा पनि नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले साउथ अफ्रिकी नागरिक मसानेलाई ३ किलो कोकिनसहित काठमाडौंबाट पक्राउ गर्यो । उनी पनि कोकिन बोकेर ब्राजिलबाट दुबई हुँदै काठमाडौ उत्रेकी थिइन् । उनका लागि पनि ठमेलस्थित एक होटलमा ब्राजिलबाटै कोठा बुक गरिएको थियो ।  
 
त्यस्तै, गएको जेठ ९ गते भेनेजुएलाकी ४९ वर्षीया यमरिस कामरिस नारभाज २ किलो ६ सय ग्राम कोकिनसहित काठमाडौंबाट पक्राउ गरिन् । ब्राजिलबाट दुबई हुँदै नेपाल आएकी नारभाज बस्ने होटल पनि उतैबाट बुकिङ थियो । 
 
“ब्राजिलमा बसेको तस्करले आफ्नो भरिया नेपालको कुन होटलमा छ भन्नेबारेमा पूरै हेक्का राख्छ । प्रविधिको सहयोगमा उसले आफ्नो भरियालाई ट्र्याक गरेको हुन्छ,” नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका डीआईजी जयबहादुर चन्द भन्छन्, “भनेको ठाउँभन्दा दायाँबायाँ गयो भने पक्राउ परेको आशंकामा सम्पर्कबाहिर जान्छ ।” 
 
ब्युरोका एसएसपी गणेश केसीका अनुसार लागु औषध बोकेर नेपाल आउने विदेशी नागरिकलाई यहाँ आएर कहाँ बस्ने र आफूले ल्याएको सामान कसलाई दिने केही थाहा हुँदैन । सबै कुरा तस्करले यहाँ आएपछिमात्रै भन्छन् । नेपालमा भरिया पक्राउ पर्नासाथ विदेशमा तस्करलाई थाहा भइहाल्छ । 
 
लागु औषध बोकेर नेपाल आउने भरियालाई बस्न विभिन्न देशबाट अनलाइन बुकिङ  गरिन्छ, जसका कारण बुकिङ गर्ने तस्करलाई उम्किन सजिलो हुन्छ । लागु औषध ब्युरोका डीएसपी अपिल बोहोराका अनुसार कुनै अर्को मुलुक हुँदै नेपालमा होटल बुकिङ हुने भएकाले ठ्याक्कै कहाँबाट बुकिङ भएको हो भनेर पत्ता लगाउन मुस्किल हुन्छ । 
 
भाइबर र ह्वाट्सएपबाट ट्र्याकिङ
सामाजिक सञ्जाल भाइबर र ह्वाट्सएपको डेटा नेपालमा रहँदैन । त्यसैले तस्करले यो विधि अपनाएका हुन्छन् । नेपाल टेलिकम र एनसेलको नम्बर प्रयोग गर्दा रेकर्ड रहने र पक्राउ परेका व्यक्तिबाट पूरै तस्करी सञ्जाल पत्ता लाग्ने भएका कारण तस्करले फोन प्रयोग गर्दैनन् । “भाइबर र ह्वाट्सएपको माध्यमबाट कुरा गर्दा त्यसको रेकर्ड नेपालमा हुँदैन, जसका कारण अनुसन्धानमा असजिलो हुन्छ । तर, तस्करले जस्तोसुकै प्रविधि अपनाए पनि प्रहरीले पक्राउ गर्दै आएको छ,” ब्युरोका डीएसपी बोहोराले भने । 
 
एकले अर्कालाई चिन्दैनन् 
लागु औषध बोकेर नेपाल आउने भरियाहरू एकले अर्कालाई चिन्दैनन् । “उसले गर्ने काम गर्छ, सिधै फर्किन्छ । उनीहरूलाई अर्काको बारेमा केही जानकारी हुँदैन र रकमको बारेमा पनि चासो हुँदैन,” ब्युरोका एसएसपी केसी भन्छन्, “भरियाको काम तोकेको रकम लिएर सामान बुझाउने हो ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC