बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारत र चीनका राष्ट्रप्रमुख आउँदा सरकारी बिदा दिने निर्णय
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, कात्तिक ११, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । सरकारले भारत र चीनका राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सरकारी बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले भारत र चीनका राष्ट्र प्रमुखको औपचारिक नेपाल भ्रमणको दिन सरकारी बिदा दिने निर्णय गरेको जानकारी दिए ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी अर्को साता तीन दिने नेपाल भ्रमणमा आउँदैछन् ।
तर, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन । यसैगरी मन्त्रिपरिषद् बैठकले घरेलु तथा साना उद्योग विकास समितिको सञ्चालक समिति अध्यक्षमा सिन्धुली झाँगाझोलीका उर्गेन्द्र आचार्यलाई नियुक्ति गरेको छ ।
बैठकले थानकोट–चित्लाङ सडक खण्डको स्तरोन्नति गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, कात्तिक ११, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्