site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । ट्राफिक प्रहरीले यात्रुसँग अभद्र व्यवहार गर्ने चालक तथा सहचालकका लागि पनि सचेतना कक्षा चलाउने तयारी थालेको छ । विशेषगरी माइक्रो बसका चालक तथा सहचालकले यात्रु र अन्य सवारीचालकलाई अभद्र व्यवहार गरेको गुनासो बढेपछि प्रहरीले सचेतना कक्षा चलाउन लागेको हो । 
 
माइक्रोका चालकले सडकमा दिएको हैरानीबारे ट्राफिक महाशाखा र ट्राफिक पोस्टमा दैनिक दर्जनभन्दा बढी युवतीले गुनासो गर्ने गरेका छन् । “केटी जिस्क्याउने चालकको पहिचान गर्न गाह्रो हुन्छ । त्यसैले उनीहरूलाई सम्झाएर पठाउने गरेका छौं । अबचाहिँ चालकहरूका लागि सचेतना कक्षा चलाउने तयारीमा छौं,” महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी प्रकाश अर्यालले भने । अर्यालका अनुसार सडक किनारमा पैदल हिँड्ने बटुवा र स्कुटरमा सवार युवती माइक्रोका चालक तथा सहचालकको निशानामा पर्ने गरेका छन् । “चालकको बानी सुधार्न हामीले सडकमा धेरै संघर्ष ग¥यौं तर सकिएन । अब कक्षा नै चलाउनुपर्ने भयो,” अर्यालले भने । 
 
ट्राफिक प्रहरीले ठाउँ अभावका कारण यात्रुसँग अभद्र व्यवहार गर्ने चालकका लागि सचेतना कक्षा चलाउन सकेको थिएन । मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा लेन मिच्ने चालकले भने सचेतना कक्षामा भाग लिनुपर्छ । “अब महाशाखा परिसरमै भेला पारी सबैलाई चेतनाको पाठ पढाउने तयारीमा जुटेका छौं,” डीआईजी अर्यालले भने । पहिलो चरणमा राजधानीका सडकमा चल्ने सबै माइक्रो बसका चालक र सहचालकका लागि सचेतना कक्षा चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC