site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
४० वर्षमा जंगली जनावरको संख्या ५८ प्रतिशत घट्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । विश्वमा बढ्दो मानविय गतिविधिका कारण सन् १९७० यता जंगली जानवरको संख्यामा ५८ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व पर्यावरण समूह डब्ल्यूडब्ल्यूएफ तथा लण्डनको जुलोजिकल सोसाइटी अफ लण्डन (जेएसएल) ले एक अध्ययनपछि संयुक्त रूपमा यो तथ्य सार्वजनिक गरेका हुन् । 
यसअनुसार खासगरी तलाउ, नदी तथा रामसारमा बस्ने जिवहरु लोप हुने बताइएको छ । सो ‘लिभिङ प्लानेट’ रिपोर्टका अनुसार यो सिलसिला जारी रहे जैविक विविधता समाप्त हुनेछ, जसमा समस्त मानव जीवन टिकेको छ ।
यसमा मानविय गतिविधि, बासस्थानको विनाश, वन्यजन्तु व्यापार, प्रदूषण, जलवायु परिवर्तन ाई जिम्मेवार मानिएको छ । शोध वैज्ञानिकहरुले रिपोर्ट तयार गर्न आफ्नो अध्ययनमा पन्छी, माछा, स्तनधारी, उभयचर तथा सरीसृपको अलग अलग करिब चार हजार प्रजाति समावेश गरेका थिए ।
रिपोर्टका अनुसार मानिसको जनसंख्या पछिल्लो ५० वर्षमा दोब्बर भएको छ, जसको असर पृथ्वीका अन्य जिवजन्तुहरुमा पर्न पुगेको थियो । यस्तो रिपोर्ट हरेक दुई वर्षमा जारी हुन्छ । रिपोर्टका अनुसार अफ्रिकी हात्तीजस्ता प्रजातिको सबैभन्दा धेरै नोक्सान भएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ००:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC