site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महाभियोग प्रस्तावमा मोर्चाको बेवास्ता, औपचारिक धारणाका लागि अाज बैठक बस्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्व दलहरुले लोकमान सिंह कार्कीसँग प्रमुख तीन दलका नेताहरु नै असुरक्षित महसुस गरेपछि महाभियोग प्रस्ताव ल्याएको भन्दै त्यसमा आफूहरुको खासै चासो नरहेको बताएका छन् ।
तर प्रमुख दलहरुले ल्याएको प्रस्तावमा चुप बस्न नमिल्ने भन्दै मोर्चाले धारणा बनाउन आज बैठक बोलाएको छ ।
मधेसवादी दलका नेताहरुले कांग्रेस, एमाले र माओवादीको स्वार्थअनुसार लोकमान अघि नबढ्ने थाहा पाएपछि लोकमानविरुद्व महाभियोगको प्रस्ताव दर्ता गराएको उनीहरुको दावी रहेको छ ।
लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, संविधान संशोधन र स्थानीय तहको संख्या निर्धारण लगायतका विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो ।
संघीय समाजवदी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले प्रमुख तीन दलका नेताहरुले आफूहरु फस्ने भएपछि लोकमानविरुद्व महाभियोगको प्रस्ताव दर्ता गराएको दाबी गरेका छन् । बाह्रखरीसँग कुरा गर्दै उपाध्यक्ष राउतले भने, “कांग्रेस, एमाले र माओवादीका नेताहरुले आफूहरु फस्ने भएपछि रातारात एक भएर महाभियोगको प्रस्ताव दर्ता गराएका हुन् । तर पनि हामीले आफ्नो धारणा सार्वजनिक गर्दैछौं ।”
मधेसवादी दलका केही नेताहरुले संसद्मा सुरु छलफलमा सहभागी भएर प्रस्तावको पक्षमा उभिने जनाउ दिइसकेका छन् । आफूहरुसँग छलफल नगरि ल्याइएको भए पनि अहिलेको आवश्यकता भन्दै उनीहरुले प्रस्तावको पक्षमा उभिने बताएका छन् ।
उनले राष्ट्रलाई निकास दिने कुरामा तीन दल गम्भीर नहुने तर आफ्नो स्वार्थ पूरा गर्न भने तीन दल रातारात एक हुने गरेको बताए  । फोरम उपाध्यक्ष राउतले संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा तीन दल तीनतिर फर्कने गरेको तर अख्तियारले फसाउने भएपछि ती दलका नेताहरु रातारात एक भएको  आरोप लगाए ।
उनले आफूहरुको सरोकार महाभियोगसँग नभई संविधान संशोधनसँग मात्र रहेको बताएका छन् । 
मोर्चाको अर्काे घटक सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले आरोप लगाउँदैमा कोही दोषी नहुने तर्क दिएका छन् । सह–अध्यक्ष कर्णले लोकमानप्रति लागेको आरोपको छानबिन गर्न समिति बनिसकेकोले यसले छानबिन गरेपछि मात्र आफ्नो दलले यसबारेमा बोल्ने बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै कर्णले भने, “आरोप लगाउँदैमा कोही दोषी हुँदैंन । छानबिन गर्न समिति बनेको छ । समितिले छानबिन गर्छ । त्यसको परिणाम आएपछि मात्र हामी धारणा बनाउँछौं ।” 
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री बृजेश कुमार गुप्ताले पनि तीन दल आफ्नो स्वार्थ नमिलिकन एक नहुने गरेको भन्दै अहिलेको एकताले आशंका जन्माएको बताए । लोकमानको नियुक्ति पनि तिन दलले गरेको र अहिलेपनि महाभियोग लगाउने बेला तिन दल एक ठाउँमा एक भएकोले यसमा ठूलो चलखेल हुन सक्ने बताए । तमलोपाका महामन्त्री गुप्ताले भने, “नियुक्नि पनि तीन दलको सहमतिमा भएको हो । अहिले छानबिन गर्ने समितिमा पनि उनीहरु नै बसेका छन् यसले तीन दलका नेताहरु फस्ने भएपछि एक भएको हो की भन्ने आशंका लागेको छ ।”
गुप्ताले संविधान संशोधनको मुद्दालाई ओझेलमा पार्न पनि अहिले लोकमानको मुद्दा उठाएको दाबी गरे । उनले प्रमुख तीन दल योजनाबद्व रुपमा संविधान संशोधन नगर्ने पक्षमा लागेको आरोप लगाए । महामन्त्री गुप्ताले भने, “संविधान संशोधनको विषयलाई ओझेलमा पार्न तीन दल योजनाबद्व रुपमा लागेका छन् । कहिले कांग्रेसले माओवादीलाई कारण देखाउने, कहिले माओवादीले एमालेलाई दोष दिने गरेका छन् । अहिले फेरी लोकमानको मुद्वा उठाएका छन् ।”
राष्ट्रिय मधेस समाजवादी पार्टी प्रवक्ता केशव झाले महाभियोगको बारेमा निर्णय लिन बिहीबार मोर्चासहित संघीय गठबन्धनको बैठक बस्ने जानकारी दिए । 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC