देश
जाजरकोट । यहाँका विभिन्न गाविसका पहिरोका कारण जोखिमयुक्त बस्तीका स्थानीयले रातभर घरमा सुत्न नसक्ने बताएका छन् ।
जिल्लाका भगवती गाविसको वडा नं ३ औलगुत्ता, दह गाविसको वडा नं ५, डाँडागाउँ गाविसको वडा नं ३ र रामीडाँडा गाविसका ३ र ४ का बस्तीका स्थानीय जोखिममा परेका हुन् । जोखिममा रहेका बस्तीमा ५ सय २१ घरधुरी रहेका छन् ।
वर्षायाममा यी बस्तीका स्थानीय पहिरोको डरले गर्दा घर छोडेर जीवन बचाउन रातभर जाग्राम बस्ने गरेको भगवतीका दलबहादुर सिंहले बताए । रासस
प्रकाशित मिति: बुधबार, असार २९, २०७३ १०:३१
प्रतिक्रिया दिनुहोस्