बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चैतसम्म स्थानीय निकायको निर्वाचनः मन्त्री पाण्डे
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, कात्तिक १०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
दमौली । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने तयारीमा लागिरहेको बताएका छन् । 
तनहुँको व्यास नगरपालिका–१ कराङकाठस्थित बसपार्कको आज उद्घाटन गर्दै उनले स्थानीय तह पुनसंरचना आयोगले थप मापदण्ड कायम गरेकाले छिटो चुनाव गर्न सहज भएको बताए । 
विकासका कामहरु हुँदा गुणस्तरहीन कामहरु हुने गरेको गुनासो बढेकाले अबका दिनमा त्यसमा राम्रो अनुगमनको खाँचो भएको मन्त्री पाण्डेको भनाइ छ ।  
उनले सरकारले संविधान कार्यान्वयन, भूकम्प, पीडितलाई राहत र अनुदान दिने, शान्ति प्रक्रियालाई तात्तिक  निष्कर्षमा पुर्याउने र विकास निर्माणका साथै सुशासन प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए । रासस
Nepal Investment bank
Nepal Investment bank
बुधबार, कात्तिक १०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्