site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यस वर्ष १६ अर्बको विद्युत् आयात, आगामी वर्ष २४ अर्ब नाघ्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । माग अनुसार उत्पादन बढाउन नसकेपछि पछिल्ला वर्ष ऊर्जामा पनि भारतसँग निर्भरता बढ्दै गएको छ । 
 
कुल व्यापारको झण्डै ६५ प्रतिशत व्यापार भारतसँग भएका बेला बिजुलीमा पनि उसैसँग निर्भर हुनुपरेको छ । विद्युत्भार कटौती (लोडसेडिङ) कम गर्न नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष ०७२÷०७३ मा मात्र भारतबाट  मात्र १६ अर्ब रुपैयाँ बराबरको बिजुली आयात गरेको छ । प्राधिकरणले चालु आवमा विभिन्न सीमा नाकाबाट ३१५ मेगावाटसम्म बिजुली आयात गरेको जानकारी दिएको छ । हाल ३ सय मेगावाट हारहारीमा बिजुली आयात भइरहेको छ । भारतबाट बिजुली आयात भएपनि गत हिउँदमा लोडसेडिङ दैनिक १४ घण्टासम्म पुगेको थियो । 
 
गत आवमा प्राधिकरणले ११ अर्ब रुपैयाँ तिरेर १ अर्ब ३६ करोड ९८ लाख ९९ हजार युनिट बिजुली भारतबाट आयात गरेको थियो । यो कुल आपूर्तिको २७.३७ प्रतिशत हो । गत आवमा भारतबाट आयात, निजी ऊर्जा उत्पादनकबाट खरिद र प्राधिकरण आफनो उत्पादन समेत गरि कुल ५ अर्ब ५ लाख ६९ हजार युनिट बिजुली आपूर्ति गरेको थियो ।
 
यस्तै आव ०७०/७१ मा भारतबाट ८ अर्ब २५ करोड रुपैयाँ तिरेर १ अर्ब ३१ करोड ८७ लाख ५० हजार युनिट बिजुली आयात भएको थियो । यस्तै आव  ०६९/७० भन्दा झन्डै साढे ६ अर्ब रुपैयाँ खर्चेर ७० करोड युनिट बिजुली आयात भएको थियो । यो वर्ष प्राधिकरणले भारतको नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनी लिमिटेड, पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) लिमिटेड, उत्तरप्रदेश इलेक्ट्रिसिटी बोर्ड र उत्तराखण्ड इलेक्ट्रिसिटी बोर्डल, एनभीभीएन विद्युत् व्यापार कम्पनीबाट बिजुली खरिद गरेको छ । 
 
लोडसेडिङ कम गर्न बर्सेनि भारतबाट विद्युत् आयात बढ्दै गएको प्राधिकरण वित्त निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला बताउँछन् । चालू वर्ष विद्युत्को माग अझै बढ्ने सम्भावना भएकाले आयात अझै बढ्ने उनको भनाइ छ । महँगोमा खरिद गरेर सस्तोमा बेच्नुपर्दा प्राधिकरणलाई बर्सेनि अर्बौं रुपैयाँ नोक्सान हुने गरेको छ, । भारतबाट बिजुली आयात बढ्काले यसको असर भूत्तानीमा परेको उनको भनाई छ । 
 
४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजनाको बाँध बाढीले पुरेपछि आयोजना अझ १ वर्ष नआउने संभावना देखिएकाले थप बिजुली आयात बढ्ने उनको अनुमान छ । प्रवद्र्धक भोटेकोसी पावर कम्पनीले बाढीबाट फेरी क्षति भएको भन्दै कावु बाहिर (फोर्समेजर) अवस्था आएकाले केही समय बिजुली उत्पादन बन्द हुने जानकारी गराएको कोइरालाले बताए । नेपाल–भारत अन्तरदेशिय प्रसारणलाइन अन्र्तगत ढल्केबरमा सवस्टेशन निर्माण भएपछि भारतबाट बिजुली आयात अझ बढ्ने उनले जानकारी दिए । भारतबाट बिजुली किन्दा मात्र मासिक ४० करोड रुपैयाँ नोक्सान हुने गरेको प्राधिकरणले बताएको छ । 
 
आगामी वर्ष २४ अर्ब नाघ्ने 
विद्युत् प्राधिकरणले आगामी वर्ष लोडसेडिङ आधारभूत रुपमा हटाउन भारतबाट दोब्बर बढी आयात गर्देेछ । आगामी वर्ष ५८० देखि ६ सय मेगावाट बिजुली आयात गरेर लोडसेडिङलाई सुख्खायाममा दैनिक ४ घण्टामा सिमित गर्ने योजना कार्ययोजना तयार गरेको छ । यही महिनामा भारतको दिल्लीमा भएको नेपाल–भारत सचिवस्तरिय संयुक्त प्राविधिक समिति बैठकले नेपाललाई आवश्यकता अनुसार बिजुली दिने र यसका लागि प्रसारणलाइन सुध्रिढीकरण गर्ने विषयमा दुई देशबीच सहमति भइसकेको छ । 
 
विद्युत् प्राधिरकणले पनि आगामी आवमा भारतबाट बिजुली खरिद गर्न २४ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने प्रक्षेपण गरेको कोइरालाले बताए । “आयात बढेपछि स्वभाविक रुपमा भुक्तानी दाइत्व पनि बढ्ने भएकाले आगामी आवमा २४ अर्ब रुपैयाँ नाघने देखिएको छ” उनले भने । 
 
भारतले अल्पकालिन लोडसेडिङ अन्त्य गर्न आवश्यक्ता अनुसार बिजुली दिने भनिसकेको छ । उसले आगामी सन् २०१७ सम्म नेपालको लोडसेडिङ अन्त्य गर्ने नेपाल सरकारको नीतिलाई सघाउन ९३० मेगावाटसम्म बिजुली दिँदै छ । यसले ऊर्जामा अझ परनिर्भरता बढाउने भएको छ । चालु आवको १० महिनामा भारतबाट मात्र ३ खर्ब ६६ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । भारतसँगको व्यापारघाटा चुलिदै गएका बेला बिजुलीले बढाउदै लगेको देखिन्छ । लोडसेडिङ बढ्दै गएपछि आगामी २५ वर्षसम्मका लागि प्राधिकरणले पीटीसीबाट डेढ सय मेगावाटसम्म बिजुली व्यापारिक मूल्यमा आयात गर्ने सम्झौता गरिसकेको छ । प्रसारणलाइन निर्माण भइनसकेकाले सो बिजुली आयात भएको छैन ।
 
भारतबाट विद्युत् आयातको अवस्था
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC