बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कांग्रेसका पूर्वजिल्ला सदस्यको निधन
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, कात्तिक १०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

राजविराज । नेपाली काँग्रेसका पूर्वजिल्ला सदस्य प्रतापनारायण झा (लालबाबु)को मङ्गलबार निधन भएको छ ।  सप्तरीको भारदह–४ का ६५ वर्षीय झाको भारदहस्थित उनकै निवासमा मुटु रोगबाट निधन भएको हो । विसं २०२८ देखि नै  काँग्रेसमा आबद्ध रहेर उनी विभिन्न आन्दोलनमा लागेको स्थानीय बुद्धिजीवी बताउँछन् । झाको पार्थिव शरीरमा  काँग्रेस भारदहका सभापति विनोद माझी, निवर्तमान गाविस अध्यक्ष पवनकुमार मण्डल, स्थानीय काँग्रेस नेता बुदुर राम सहितले फूलमाला र पार्टीका झन्डा ओढाएका थिए ।

उनको भारदह–१ स्थित कोसी नदीमा मङ्गलबार साँझ नै अन्त्येष्टि गरिएको बताइएको छ । झाका  एक छोरी र दुई छोरा छन् । रासस

Nepal Investment bank
Nepal Investment bank
बुधबार, कात्तिक १०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्