site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
मुगु । सोमबार राति परेको अविरल वर्षाले गमगढीमा रहेको सडक तहसनहस पार्नुका साथै सडक भएर बगेको बाढीले दिशा परिवर्तन गरी खेती लगाएको जमिनतिर बग्दा लाखौँको अन्नबाली नष्ट गरेको छ । 
 
बाढीले सदरमुकाम गमगढीमा रहेको गुम्बादेखि जिल्ला अस्पताल जाने चोकसम्म करिब एक किमी लम्बाइ, एक मिटर चौडाइ र एक मिटर गहिराइ भएको गल्छी बनाउँदा सडक तहसनहस भएको छ भने उक्त सडक भएर आएको बाढीले ठिनीको भागतिरको जग्गा कटान गर्दा लाखौँको अन्नबाली नष्ट हुनुका साथै जग्गा चिराचिरा पारेको छ । 
 
बाढीले जग्गामा लगाएको धान, कोदो, मकैलगायतको लाखौँ मूल्य बराबरको अन्नबाली नष्ट गरेको स्थानीय लोकजङ्ग मल्लले बताउनुभयो । बाढीले नाउलामा रहेको धारा र स्थानीय तेजबहादुर मल्लको घरको अगाडिको भाग पनि बगाएको छ । 
 
सडक बिग्रिएपछि सदरमुकामको यो सडकमा यातायातका साधन चल्न सकेका छैनन् भने अतिसिकिस्त बिरामीलाई जिल्ला अस्पताल लैजान एम्बुलेन्स चल्न गाह्रो भएको छ । 
 
गमगढीस्थित गमगढी हावापानी केन्द्रका अनुसार सोमबार राति ४६ दशमलव ५ मिलीमिटर पानी परेको थियो । रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC