site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले मेस्सीको भेषमा छापामार शैलीमा आयो, तर गोल कांग्रेसले हान्नेछ
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
लोकमान सिंह प्रकरण अब किनारामा पुग्ने दिन नजिकिएको छ । राजाबाट मुक्ति प्राप्त गरेको देशले छोटे राजाबाट प्रताडित हुनुपर्ने अवस्था आयो । हुनत हाम्रो लोकतन्त्रमा राजा गएपछि पनि राजा बन्न चाहने इच्छा राजनीतिक दलमा पनि देखियो, त्यो केही नेतामा पनि देखियो ।
अख्तियारको दुरुपयोगलाई नियन्त्रण गर्न बसेको संस्थाको प्रमुखले नै अख्तियारको दुरुपयोग गर्ने काम गरे । अब उनी विदा हुने क्रममा छन् । अदालतले नियुक्ति प्रक्रिया सम्बन्धमा फाइल मगाएर ढिलो चाँडो विदा गर्न लागेका बेला यो विषय तुरुन्त संसद् प्रवेश गर्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने बहस उब्जिएको छ । तर यी फरक फरक क्षेत्राधिकार भएका संस्थाहरु हुन् । यो विषय संसद्मा दर्ता भएपछि महाभियोगको प्रस्तावबाट पछि हट्नै हुँदैन । यसलाई पारित गर्नुपर्छ । नेकपा एमालेको अगुवाईमा यो प्रस्ताव आयो, त्यसकारणले यसलाई पारित गर्ने कि नगर्ने भनेर नेपाली कांग्रेसले नाक खुम्च्याउनुपर्दैन । किनभने यो विषय नेपाली कांग्रेसका साथीहरुले नै सुरु गर्नुभएको हो । कांग्रेसका सांसदहरुले यो विषय संसद्मा प्रवेश गराउँदा एमालेले नाक खुम्च्याउने मात्रै होइन, कान थुनेरै बस्यो । 
सबैभन्दा पहिले कांग्रेस सांसद गगन थापा प्रस्तावक र धनराज गुरुङ समर्थक रहेको प्रस्तावमा बरु माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले समर्थन गर्नुभयो । त्यसबेला एमालेका कोही पनि देखिएनन् । भित्र पनि बोल्नुभएन । बाहिर पनि गगन, धनराजहरुले ल्याएको प्रस्ताव अघि बढाउँ भनेर एक शब्द पनि एमालेका कोही नेता बोलेनन् । महाभियोगको प्रस्ताव दर्ता हुनुभन्दा दुई दिन अघि कांग्रेसकै सांसद्, विद्धान अधिवक्ता राधेश्याम अधिकारीले बोल्नुभयो । त्यसबेला पनि एमाले बोलेन ।
गगन र धनराजहरुले अघि बढाउँदै गरेको बलमा सर्वोच्चले गोल हान्ने बेला अचानक छापामार शैलीमा मेस्सीको भेषमा एमाले प्रस्तुत भयो । नेकपा एमाले छापामार शैलीमा आएर महाभियोग प्रस्ताव दर्ता गर्यो । दर्ता गरिसकेपछि अहिले सार्वजनिक रुपमा के परेको छ भने एमाले लोकमानलाई हटाउन चाहन्छ तर कांग्रेसको निर्णय ढिला हुँदा जोगिने भयो भन्ने सन्देश प्रवाह गरिएको छ । 
यस बारेका केही कुरा भुल्नै हुँदैन ।
यो प्रस्तावको सुरुवात कांग्रेस सांसदहरुले गरेका हुन् । गोविन्द केसीको प्रकरणमा हामी बोलिरहँदा मौन बस्ने को हो ? एमाले होईन ? त्यसबेला एमाले कहाँ थियो ? किन बोलेन ? त्यो बेलामा कांग्रेसका सांसदहरुले संसद्मा र केन्द्रीय सदस्यहरुले बाहिर बोलेर यो विषय निरन्तर उठायौं । 
कांग्रेस अघि बढेका बेला उहाँहरु बोल्नुभएन । जब गोल हान्ने बेला आयो उहाँहरु मेस्सीको रुपमा प्रस्तुत हुने प्रयास गर्नुभएको मात्रै हो । 
बल अहिले पनि डि एरियामा खेलकै क्रममा छ । किपररहित पोष्ट छ । किपरको भुमिकामा रहेका लोकमान सिंह कार्की निलम्वनमा परेका छन् । डिफेन्स गर्ने प्रयास डि बक्स एरियामा पनि भएको छ । त्यहाँ एउटा खेलाडीको प्रवेश हुनेछ । त्यो खेलाडी कांग्रेस हुनेछ । कांग्रेसले हेड गरिसकेपछि यो गोलमा परिणत हुनेछ । 
मलाई लाग्छ नेपाली कांग्रेसले ढिला गर्यो भन्दै गर्दा के विर्सनै हुँदैन भने ३ गते बेलुका महाभियोग प्रस्ताव आयो । ३ गते प्रस्ताव आएको हो ४ गते बोलाइएको केन्द्रीय समिति बैठकमा विषय प्रवेश नगराएर सभापतिले आफ्नै ढंगले हाम्रो निर्णय लोकमानको विरुद्धमा हो भनेर भनिदिएको भए कति लोकतान्त्रिक हुन्थ्यो ? मैले कहिले पनि सुन्न पाइन कि एमाले पार्टीभित्र केन्द्रीय समितिको बैठकमा एकै दिन मात्रै पनि छलफल भएर लोकमानलाई राख्ने कि महाभियोग प्रस्ताव अघि बढाउने भन्ने बारेमा बहस भएको । 
छलफल नभई केही नेताको भरमा प्रस्ताव ल्याउनु लोकतान्त्रिक हुने, व्यापक छलफलपछि आवश्यक निर्णय लिँदा कांग्रेस अलोकतान्त्रिक हुने भन्ने हुँदैन । कांग्रेसको निर्णय ढिला भएको होइन, कांग्रेसले ठिक समयमा ठिक ढंगले निर्णय लिनेछ । 
अन्त्यमा, कांग्रेस लोकमानतन्त्रको पक्षमा होइन, लोकतन्त्रको पक्षमा उभिनेछ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले हतारो नगरि सबैलाई धारणा राख्न दिएर केन्द्रीय कार्यसमितिका सबै सदस्य मात्रै होइन, संसदीय दलमा पनि २ सय सदस्यले धारणा राखिसकेपछि निर्णय हुन्छ । त्यो निर्णय गर्न १५ दिन लाग्ला तर महाभियोगको प्रस्तावको पक्षमा हुनेछ ।  एमालेले प्रस्ताव ल्यायो भनेर हामीले नाक खुम्च्याउँदैनौं । हामीले हाम्रो भूमिका सम्झेर गोल गर्ने भूमिका निर्वाह गर्छौं ।
नेपाली कांग्रेस यो प्रस्तावको पक्षमा किन पनि उभिन्छ भने यसको सुरुवात कांग्रेसले गरेको हो । संसद्मा प्रवेश गराएको कांग्रेसकै सांसदहरुले हो । त्यही भएर पनि कांग्रेस यो प्रस्तावको पक्षमा उभिन्छ । 
अर्को कुरा कांग्रेस लोकतान्त्रिक दल हो । त्यसैले पनि महाभियोगको प्रस्तावको पक्षमा उभिन्छ । तेस्रो कुरा, कांग्रेसले कानुनी राज्यमा विश्वास गर्छ । जसले म्याद तामेलीमा डिस्टर्व गरे । उनीहरुलाई समर्थन गर्नु भनेको अदालतको अवहेलनामा सहयोग गर्नु हो, त्यो काम कांग्रेसले कहिले गर्दैन । चौथो कुरा के भुल्नुहुँदैन भने कांग्रेसले ढिला निर्णय गर्छ तर सही निर्णय गर्छ । उसले गरेका निर्णय दुरगामी हुन्छन् । कम्युनिष्टहरुले ६२ वर्ष अघि दस्तावेजमा गणतन्त्र घोषणा गरेका हुन् । दस्तावेजमा गरेर गणतन्त्र आउने भए ६२ वर्ष अघि आउँथ्यो । जब कांग्रेसले निर्णय गर्यो त्यसपछि मुलुकलाई गणतन्त्रमा जान कसैले रोक्न सकेन । अहिले पनि कांग्रेसको निर्णय मुलुकले पर्खिरहेको छ । छलफल नै नभई निर्णय भएको भनेर एमालेको आएजस्तो आउँदैन तर कांग्रेसले लोकमानलाई हटाउने निर्णय गर्छ ।
किन भने कांग्रेसले त्यो नगर्नु भनेको सहमतिको राजनीति थप भाँडिनु हो । अहिले कांग्रेस महाभियोग प्रस्तावको पक्षमा उभिएन भने दलहरुबीचको दुरी झनै बढेर जानेछ । त्यसपछि गठबन्धनको भविष्यमाथि नै प्रश्न उठ्नेछ । त्यसपछि संविधान संशोधनको विषय पनि अलपत्र पर्नेछ । त्यसले आगामी चैतमा हुने चुनाव र सत्ता हस्तान्तरण पनि धरापमा पर्नेछ । ०७४ माघ ७ अघि नै संविधान कार्यान्वयन गरिसक्ने विषय पनि अवरुद्ध हुन सक्छ । कांग्रेसले टंगालबाट लोकमानलाई हटाउनुपर्ने दायित्व पूरा गर्ने गरि निर्णय गर्नेछ । (कुराकानीमा आधारित)
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC