site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै सर्वोच्च सगरमाथा, होचो केचना, १२३ भाषाभाषी तथा जताततै सुन्दरताले भरिपूर्ण हाम्रो नेपाल पर्यटनको क्षेत्रलाई विकास गर्ने कच्चापदार्थका रुपमा रहेको बताएका छन् । 
 
नेपाल पर्यटन मजदुर सङ्घले आफ्ना मजदुरलाई उच्च हिमाली जोखिम र नेतृत्वसम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै उनले भने, “पर्यटन क्षेत्रको कच्चापदार्थका रुपमा रहेको सुन्दर हिमाल, पहाड, तराई, नदीनाला, जनजातिको १२३ भाषाभाषी हामीले कतैबाट खरिद गर्नु पर्दैन्, हाम्रो आथिक विकासको आधार नै यही हो ।” 
 
उच्च हिमाली क्षेत्रको भ्रमण तथा सगरमाथाको आरोहणमा आउने विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउनेतर्फ पर्यटन व्यवसायी तथा मजदुरले जोड दिनुपर्ने औँल्याउँदै जोखिम मोलेर काम गर्ने मजदुरलाई व्यवसायीले शोषण गर्न नहुने तथा उनीहरुलाई पनि प्रोत्साहन दिनुपर्नेमा मन्त्री पोखरेलको जोड थियो । 
 
नेपाल टे«ड युनियन महासङ्घका महासचिव जनक चौधरीले विश्वका अन्य मुलुकका श्रमिकले बटुलेको श्रम तथा उनीहरुको अनुभव सेयर गरेर हाम्रो सीप र दक्षता बढाउनुपर्ने चर्चा गरे ।  
 
नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष देवेन्द्र कुँवरले पर्यटन क्षेत्रको विकासका लागि सरकार, श्रमजीवी तथा व्यवसायीको साझा धारणा तयार गरी अगाडि बढ्नुपर्ने बताए ।  
 
टानका अध्यक्ष चन्द्र रिजालले तालिम लिएका मजदुरले आफूले प्राप्त गरेको सीप ब्यवहारमा उतार्नुपर्ने बताए ।  
 
नेपाल पर्यटन श्रमिक सङ्घका अध्यक्ष कपिल पाण्डे, कार्यक्रम संयोजक फुर्वा शेर्पा, पर्यटन व्यवसायी रामबहादुर श्रेष्ठलगायतका वक्ताले पर्यटन व्यवसायको विकास, व्यवसायी र मजदुरको भूमिकामाथि प्रकाश पारे । रासस 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC