site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उतार चढावबीच बजारमा ९.२ अंकको गिरावट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीको सरकार अल्पमतमा परेको समाचारसँगै मंगलबार सेयर बजारमा ९.२ अंक सम्मको गिरावट आएको छ । कारोबारको मध्य समयसम्म नेप्सेमा ४७ अंक सम्मको गिरावट आएको थियो ।
 
बजार घटने क्रम बढेपछि एक थरी अनुभवी लगानीकर्ताहरु राम्रा भनेर चिनिएका कम्पनीका सेयर खरिदमा सक्रिय रहेका थिए, भने अर्का थरी अनुभवीहरु भने सेयर खरिद र विक्रीमा लाग्नु भन्दा पर्ख र हेरको अवस्थामा थिए । सरकार परिवर्तनको हल्लासँगै लगानीकर्ताहरुको मनोबलमा उत्पन्न अस्थिरताले उनीहरुलाई चौथो त्रैमासको वित्तीय विवरण कुर्नु पर्छ भन्ने धैर्यता नहुँदा पनि बजारले अप्रत्यासित गिरावट व्यहोर्नु परेको विश्लेषकहरुको दावी छ । तर, अन्तिम समयमा आई पुग्दा नपुग्दै बजार आफ्नो स्वाभाविक वृद्धिको बाटोमा आएको थियो ।
 
मंगलबार दिनभरीको कारोबारमा नेप्से परिसूचकमा ०.५४ प्रतिशतको गिरावट आएर १६९३.०७ कायम भएको छ । मंगलबार नेप्से १७०२ अंकमा कायम रहेको थियो । यसै गरी प्राथमिकता प्राप्त सेयरहरुको समूह परिसूचकमा पनि ०.५४ प्रतिशतकै गिरावट आएर ३६४.९८ कायम भएको छ ।
 
समूहगत सूचकांक तर्फ बैंकिंग १५५१.६६, होटल १८८१.१६, विकास बैंक १७५५.१०, हाइडो पावर २६३२.९४, वित्त ८३७.८३, विमा ८७७४.५४ कायम रह्यो । यी सबै समूह क्रमशः ०.३८, ०.५८, १.५२, १.३०, १.६८ र १.०९ प्रतिशतले घटेका थिए । तर, उत्पादन र अन्य समूहमा भने क्रमशः १.२४ र २.५७ प्रतिशतको वृद्धि रहेको थियो ।
 
मंगलबार १३८ कम्पनीका १६ लाख ३९ हजार २५७ कित्ता सेयर ५ हजार २१३ पटक खरिद विक्री हुँदा कुल कारोबार १ अर्व १३ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको भएको थियो ।
 
कमाउने कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स कम्पनी २६४१, बोटलर्स नेपाल (तराई) ४९८८, माछापुच्छे बैंक ५६३, जनता बैंक ४५३ र  सिद्धार्थ बैंक ७१९ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गुमाउने कम्पनीहरुमा मिथिला लघुवित्त २५१०, लक्ष्मी लघुवित्त ३११०, राष्टिय विमा कम्पनी प्रमोटर सेयर १५७०५ र नेपाल ग्रामिण विकास बैंक ११३० रुपैयाँ प्रति कित्तामा कारोबार भएको थियो ।
 
कारोबार भएका प्रमुख कम्पनीहरुमा जनता बैंकको ९ करोड ६१ लाख ७३ हजार, एभरेष्ट बैंकको ७ करोड ५ लाख ४३ हजार, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २० लाख ६४ हजार, नेपाल ग्रामिण विकास बैंकको ३ करोड २ लाख ७३ हजार र नेपाल बंगलादेश बैंकको २ करोड ९८ लाख २७ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो ।
 
त्यस्तै प्रकारले कारोबारको मुख्य क्षेत्र बाणिज्य बैंक समूहमा ४६ करोड ६८ लाख ९७ हजार, विमा समूहमा २८ करोड ४६ लाख ९३ हजार, विकास बैंक समूहमा २२ करोड २५ लाख ९३ हजार, हाइडो पावर समूहमा ६ करोड ९४ लाख ४६ हजार र वित्त समूहमा ३ करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
यसैबीच नेपाल स्टक एक्सचेन्जले नेपाल जलविद्युत तथा विकास कम्पनीको सेयरलाई कारोबार रेञ्ज प्रदान गरेको छ । जसअनुसार कम्पनीको पहिलो सेयर कारोबारका लागि न्युनतम प्रति कित्ता १०९ र अधिकतम ३२८ रुपैयाँसम्म तोकिएको छ ।
 
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC