site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुनर्संरचनाको विभिन्न पाटो र हाम्रो बाटो
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
विश्वमा पुरानो र नयाँ संघ (फेडेरेसन) को प्रयोग अमेरिका र बेल्जियमले गरेका छन् र तदनुरूप स्थानीय तह बनाएकाछन् । त्यस्तै 'कमन ल' र 'सिभिल ल' को परम्परा बेलायत र स्पेनमा प्रचलित छ । जर्मनी विकसित देखिन्छ भने बोलिभिया क्रमशः विकसित हुँदैगइरहेको छ । यसरी राज्यका तल्लो तह बनेका हुन्छन् । नेपालमा यो बन्ने क्रम मै छ । यसैको सेरोफेरोमा स्थानीय तहको पुनःसंरचना गर्दा लिनुपर्ने आधारभूत आधार केलाउने प्रयत्न गरेको छु । सूचकांक केलाउँदै गर्दा यसमा गर्नुपर्ने धेरै देखिन्छ । किनभने यो हाम्रो भविष्यको पुस्तासँग जोडिएको महत्त्वपूर्ण विषय हो । अहिले ल्याइएको संघीयताभित्र स्थानीय नीकायहरूको पुनःसंरचना गर्दा धेरै आधारभूत आधारहरू र मिलेर बसेका  हामी १२३ जातजाति, त्यसभित्र भित्रको सामाजिक सम्बन्धको गाँठो, भौगोलिक विकटतालाई हेरेर अत्यन्त संवेदनशील भएर जानुपर्ने देखिन्छ ।
    
स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न बनाइएको आयोगले यसअघि पहिलो कार्यादेशअनुसार भन्दै ५ सय ६५ वटा स्थानीय तहको संख्या निर्धारण गरेको थियो । अब, अर्को कार्यादेशअनुरूप नयाँ मापदण्ड तय गरी आयोगले स्थानीय तहको संख्या ७ सय ४२ तोक्ने तयारी गरेको छ । मापदण्ड के आधारमा बनाइयो ? मापदण्ड नाप्ने सूचकांक के के हुन् र कसरी ? मापदण्डले नेपालीले चाहेका परिवर्तनलाई प्रतिनिधित्व गर्छन् वा आजको विश्व अर्थराजनीतिको प्रतिनिधित्व गर्छन् । पालिकाको संख्या हैन आधार र मापदण्ड महत्त्वपूर्ण हुन्छ । ती मापदण्ड हाम्रो भूगोल, हाम्रो बसाइको संरचना, हामीले भोलि प्राप्त गर्न सक्ने सेवा र सुविधा – अब आउने सय वर्षसम्मको अवसर अनि त्यो स्थानीय स्तरमा रहेका आधारहरूले भोलिको मानव अधिकार, शिक्षा, स्वास्थ ( आधारभूत आवश्यकता) आदिसँगको सम्बन्ध कहाँ कति जोड्न सक्छन् त्यो महत्वपूर्ण हुन्छ । स्थानीय स्रोत र साधनको चलायमान अवस्थाले विश्व समुदायले राखेको दिगो विकास लक्ष्य र पर्यावरण (इकोलोजी)लाई स्थानीय स्तरको दिगो विकासलाई विश्वको ग्लोबलाइजेसन ( बजार, आर्थिक वृद्धि आदिलाई ) यो पुनर्संरचनाले कसरी जोड्छ भन्नेमा ठूलो ध्यान पुर्‍याउनुपर्ने हुन्छ । विश्वको कुनै पनि कुनामा बसेर आफ्नो मत प्रकट गर्न सक्ने अवस्थामा साबै नेपालीलाई मूर्ख बनाउन खोज्ने यी राजनीतिक पार्टीहरूको संकुचित उद्देश्य कति उचित हो ? 
 
वास्तविक भित्री उद्देश्य मधेसी मोर्चा र अन्य पार्टीको तल्लो निकायको संख्यामा जानु, त्यहाँ राज्यभित्रको भित्री संरचनाको तौलमा नजानु, मूलतः संख्या र मात्राको सिद्धान्त लगाएर पालिका बनाउनु एकात्मक संघीयताकै अवधारणा हो । हामीले हिजो र आजको व्यवस्थाभित्र सेवा र सुविधा पाउन गाह्रो छ । तर, प्रगतिशील नामको करबाट विभिन्न बहानामा छुटकारा पाउनसक्ने छैनौ । भोलि शक्तिको पुनर्संरचना गर्दै एकीकृत पुँजी संकलन गर्दै लानेछन् । यो अहिलेको अवस्थामा विश्वव्यापीकरणभित्रको अर्थराजनीति हो भनेर ठोकेर भन्न हिचकिचाउनु पर्दैन ।    
 
वास्तवमा स्थानीय निकायमा संरचनाको तौल समायेर, स्थान, परिस्थतिको स्थानीय मात्रामा अध्ययन गरी, सामान्य सरल तरिकाले स्थापित सिद्धान्तलाई लिएर, संवैधानिक कानुन दाँज्दै, शासन गर्नेहरूको विभिन्न गुणमा केन्द्रित भएर अनि त्यहाँभित्र प्रदेश र संसद्का तहले खेल्ने भूमिका अध्ययन, मनन र चिन्तन साथै प्रत्येकको सूचकांक तयार गरी स्थानीय पालिका बनाउनुपर्ने हो । अन्य, सांस्कृतिक, धार्मिक पहीचान, सेवा , सुविधा, कनेक्टिभिटी, स्रोत, साधन, भण्डारण, सामीप्य त मूल विचारणीय विषय नै हुन् ।
टुप्पोको खाँबोदेखि फेदको खाँबो ( स्थानीय निकाय ) सम्मको राजनीतिक तह, त्यसभित्रका संरचना र तौल आदिइत्यादि साथैभित्रको निर्णयको अधिकार ( नीतिमा जोड्ने ) कार्यान्वयन गर्ने अधिकार ( कार्यन्वयन गर्ने ) लाई लिएर यसै आधारभूत धरातलमा पुनर्संरचना गर्दा आज र भोलि पनि अप्ठेरो पर्नेछैन ।
 
तर, स्पष्ट हुँदैगएको छ, हामीलाई एकात्मक संघीयतातिर मिसमास पारेर लगिँदैछ। सरकारले पुन:संरचनाको नयाँ मापदण्ड तोक्छ । सरकार विभिन्न स्वार्थ रहेका पार्टीहरूको गठबन्धनबाट बनेको छ ! पार्टीहरू न प्रजातान्त्रिक पद्धतिबाट संचालित भएको देखिन्छ न त यी बितेका २६ वर्षमा आधारभूत आधारभित्र रहेर आर्थिकसामाजिक परिपाटीलाई सम्बोधन, छलफल र नीति निर्माण गर्न सक्ने सामर्थ नै रहेको देखिन्छ । पार्टीहरूभित्र विज्ञहरू देखिँदैनन् ! पार्टीहरूको स्वार्थनुकूलको मापदण्ड, पुनर्संरचना आयोगभित्रकै अन्योल र सीमितता अहिले ठूलो समस्या भएको देखिएको छ । स्थानीय निकायको १८ वर्षदेखि निर्वाचन भएको छैन । समयको गतिसँगै स्वभावतः भएबाहेक विकास, शिक्षा, स्वास्थ क्षेत्र समयसापेक्ष र भूमिमाथि भएको आर्थिक र सामाजिक अवस्थालाई अन्य मुलुकसँग दाँजेर हेर्दा आँसु चुहिने अवस्था छ । 
 
हाम्रो स्थानीय निकायका नेतृत्वले बहुपक्षीय (होलेस्टिक) आर्थिक विकास र सामाजिक परिवर्तनमा खेल्ने भूमिकालाई कति स्थान पाउँछन् जोड घटाउ गरिनुपर्छ । पहिलेका तुलनामा आर्थिक गतिविधिमा आएका परिवर्तन, भौतिक पूर्वाधार, स्वायत्तता, समावेशिता, निकटता ( भौगोलिक, संस्थागत) उपयुक्तता, पहिचान (सांस्कृतिक – धार्मिक, चालचलन , भेषभूषा ) का विषयलाई व्यवस्थित गरी पुनर्संरचना गर्न जनादेश छ । यी सबै विषय त नेपालीसँग पहिलेदेखि नै छन् । अहिले वैज्ञानिक व्यवस्थित रूप खोजिएको न हो ।           
नेपालीलाई राजनीतिक दलहरूबीचको भागबन्डाको झगडा हैन आफ्नो ठाउँमा भोलि पाइने सेवा र सुविधा महत्वपूर्ण हो ! अझ, भाषा जातीय संस्कृति, संस्कृतिको सम्बर्धनका कुराहरू लोकल तहमै अध्ययन गरी यो पुनर्संरचना गरिनुपर्छ ! भोलिको दिनलाई दरिला संस्थानहरूलाई स्थानीय स्तरमा स्थापित गराउन सकिन्छ कि सकिँदैन ? विज्ञान र प्रविधिको सम्भाव्यता के के छन् ? भन्नेजस्ता महत्त्वपूर्ण आधारलाई राजनीतिक पार्टी र आयोगले खोजीनीती गरेको कतै पाइएन ! यो बहुतहको (मल्टी लेभल) सुशासनको अवस्थामा यसको अर्थ र राजनीतिमा पुरातनपन्थी आफ्नै स्वार्थ अनुकूलको संघीयता र पुनर्संरचना गराई यहाँ कुनै शक्तिले आफ्ना रणनीतिक उद्देश्य पूरा गरिरहेको देखिएको छ । अर्को छक्क लाग्दो कुरो के छ भने, पार्टीका नेतृत्व वर्ग आफैँले गरेको राजनीति विश्व मै परिवर्तन भइरहेको त अनुभव गर्न सकेका देखिँदैनन् भने त्यस्ता हुस्सुहरूका पुनर्संरचनाका मापदण्ड कति काम लाग्ने हुँदाहुन् आफैँ विश्लेषण गर्न सक्नुहुन्छ ! 
 
  
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७३  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC